१९ भदौ, जाजरकोट । तीज मजाउन मार्इत गएकी छाेरीकाे अागाेमा जलेर मृत्यू भएकाे छ । जाजरकोटमा सदरमुकाम खलंगाको बसपार्कस्थित एक होटलमा आइतबार आगलागी हुँदा एक जनाको मृत्यु भएको हाे । साेही आगोमा जलेर अन्य चार जना भने घाइते भएका छन् । जाजरकोटकाे संगीता होटलमा आगलागी हुँदा मानसिंह खत्रीकी छोरी संगीताको मृत्यु भएको हो । नायकवाडा २ कि १९ वर्षीया संगीता तीज मनाउन माइत आएकी थिइन् ।
आगोमा जलेर मानसिंह खत्रीसहित चार जना घाइते भएका छन् । घाइते हुनेहरूमा भेरीमालिका ४ का १८ वर्षीय गोकर्ण चन्द, कार्कीगाउँ ६ का ४३ वर्षीय मानसिंह खत्री,भेरीमालिका ४ का २३ वर्षीय प्रेम राना र सल्यान डाडागाउँ ६ घर भई प्रहरी चौकी गर्खाकोटमा कार्यरत प्रहरी जवान ३० वर्षीय रमेश चन्द रहेको प्रहरीले जानकारी दिएको छ ।
उनीहरु आगो निभाउने क्रममा घाइते भएका हुन् । घाइते चारैजनाको जाजरकोट अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था गम्भीर रहेकाले जिल्ला बाहिर लैजान आफन्तहरुले माग गरेका छन् । आगलागीको कारण एकिन हुन नसकेको जाजरकोट प्रहरीले जनाएको छ ।
जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको
निशा चौधरी ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्
०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास
कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको
चैत २९, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ पर्नुभएको छ । नेपाल प्रहरी प्रधान
काठमाडौँ, चैत १७ गते । प्रतिनिधिसभाको आजको बैठक सुरु हुनुअघि सभामुख देवराज घिमिरेले राजनीतिक दलका