September 3, 2016

सिस्टम भन्दा दायाँ बायाँ गर्ने मन्त्रीहरुलाई बर्खास्त गर्ने प्रधानमन्त्रीकाे चेतावनी

images१८ भदौ, काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहालले सिस्टम भन्दा दायाँ बायाँ गर्ने मन्त्रीहरुलाई बर्खास्त गर्ने चेतावनी दिएका छन् । प्रशासन र राजनीतिबीचको अन्तरसम्वन्ध विषयक मन्त्री र सचिवहरुको अन्तरक्रियामा प्रधानमन्त्रीले भनेः‘सरकार गठन गर्दै गर्दा मैले सत्तारुढ दलका नेताहरुसँग सहमति गरेको छु, मन्त्रीहरु प्रधानमन्त्रीप्रति जवाफदेही हुनुपर्छ, सिस्टमभन्दा दायाँ बाँया गर्नु भयो भने जो कोहीलाई बर्खास्त गर्छु ।
अब पनि सिस्टमभित्र बसिएन भने ढिला हुन्छ । सिस्टममा बसौं ।’ उनले सचिवहरु पनि मुख्यसचिवप्रति जवाफदेही हुनुपर्ने भन्दैे दायरा बाहिर नजान चेतावनी दिए ।‘यहाँ मन्त्री र सचिव मिलेपछि जे गर्न पनि सकिन्छ भन्ने रहेछ, अब त्यस्तो हुन दिन्न ।
सचिवहरुले मुख्य सचिवलाई नटरेको हो कि जस्तो लागेको छ , हो भने सुध्रनुस्, नत्र कदम चाल्छु ।’ प्रधानमन्त्रीको चेतावनी दिए । उनले जनताले राहत महसुस गर्नेगरी काम गर्न समेत निर्देशन दिएका छन् । जनताले ससाना काममा परिणाम खोजिरहेको भन्दै प्रधानमन्त्री प्रचण्डले मन्त्री, सचिव, कर्मचारी मिलेर काम गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अदालत र प्रेसको लक्ष्मणरेखा

यम विरही ५ जेठ २०८२, सोमबार स्वतन्त्र न्यायपालिका र स्वतन्त्र प्रेस दुवै लोकतन्त्रका खम्बा हुन्

शिक्षक आन्दोलनको स्वरुप परिवर्तन गर्न आग्रह

वैशाख  १०,काठमाडौँ। बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले विद्यार्थीको अधिकारप्रति सचेत हुँदै आन्दोलनको स्वरुप

पूर्वराजाका गतिविधिमाथि निगरानी,  सुरक्षाकर्मी कटौती

 चैत १७, काठमाडौँ । सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षामा तैनाथ  सशस्त्र प्रहरी बल (एपिएफ) को

झुटो इतिहासले उब्जेको तनाव

 ८ चैत २०८१, शुक्रबार चियाको कपमा तुफान भन्ने टुक्का त आफैँले पनि कति ठाउँमा प्रयोग

गठबन्धन सरकारलाई एकताबद्ध भई अगाडि बढाउन आवश्यक

रुपन्देही  १९ , फागुन।  नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेस र नेकपा

सत्ताका लागि राष्ट्रियताका अहितमा कुनै सम्झौता गरिदैन : प्रधानमन्त्री

 कात्तिक ११, काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सौदाबाजीका लागि राष्ट्रियताका हितका प्रश्नमा कुनै सम्झौता नगरिने