पत्रपत्रिकाको फ्रन्टपेज- दलीय सहमतिबिना निर्वाचन गर्न गाह्रोः निर्वाचन आयोग

patrapatrika-bimal-1-1७ चैत, काठमाडौं । निर्वाचन आयोगले दलीय सहमतिबिना बैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्न कठिन हुने बताएको समाचारलाई सोमबार प्रकाशित प्रायः दैनिक पत्रिकाहरुले फ्रन्टपेजमा छापेका छन् । त्यस्तै सत्ताघटक राप्रपाले संसद सचिवालयमा हिन्दु राज्य माग्दै संविधान संशोधन प्रस्ताव दर्ता गरेको समाचारले पनि पत्रिकाहरुमा महत्वपूर्ण स्थान पाएको छ ।

 

यससँगै वरियता क्रममा उपप्रधानमन्त्री कमल थापा अघि भएकोप्रति अर्का उपप्रधानमन्त्री विमलेन्द्र निधिले आपत्ति जनाएकोलाई मुख्य समाचार बनाएको नयाँ पत्रिका दैनिकले आईजीपी विवाद फैसला आज हुनसक्नेलाई पनि प्राथमिकताका साथ उल्लेख गरेको छ । त्यस्तै आजदेखि पाँचखालमा बहुर्राष्ट्रिय सैन्य अभ्यास हुने समाचार र उपत्यका भित्रने १० नाका बन्दै गरेको समाचारले पनि फ्रन्टपेजमा स्थान पाएको छ ।

स्थानीय तहमा ३६ हजार ६ सय ३९ प्रतिनिधि निर्वाचित हुनेलाई मुख्य समाचार बनाएको अन्नपूर्ण पोस्ट् दैनिकमा  आईजीपी मुद्दा सुनुवाईप्रति सरकारी वकिलहरुले बहस गर्न अस्वीकार गरेकोलाई महत्वका साथ प्रकाशित छ । त्यस्तै राप्रपाको विधान संशोधन गरेर निर्वाचन आयोगले ‘अराजकता’ प्रस्तुत गरेको भन्दै समाचार छापेको छ ।

नागरिक दैनिकमा चीन जोड्ने १३ सडक योजना तीव्रताका साथ अघि बढेको समाचार र बैंकको चर्को ब्याजबाट ठूलालाई लाभ भएको तर सानालाई मर्का परेको समाचार महत्वका साथ छापिएको छ ।

निर्वाचन आयोगले समयमै निर्वाचन गर्न राजनीतिक वातावरण नबनेको भनेकोलाई मुख्य समाचार बनाएको कान्तिपुर दैनिकले मधेसी मोर्चासँग कार्यदलमार्फत सहमतिको प्रयास भएको समाचारलाई प्राथमिकता दिएको छ । त्यस्तै, राप्रपाद्वारा संविधान संशोधन प्रस्ताव दर्ता भएको समाचारले पनि महत्व पाएको छ ।

निर्वाचन आयोगले दलीय सहमतिबिना निर्वाचन गर्न कठिन हुने बताएको समाचारलाई नै मुख्य समाचार बनाएको राजधानी दैनिकमा राउटे समुदायको जीवनशैली फेरिँदै गएकोलाई एंकर समाचार बनाएको छ ।

अत्यधिक वायु प्रदूषणका कारण उद्घाटनको एक सातामै प्रदूषण मापनयन्त्र बिग्रिएको समाचारलाई गोरखापत्र दैनिकले महत्वका साथ छापेको छ । नेपाल समाचारपत्र दैनिकको फ्रन्टपेजमा मधेसी मोर्चाभित्रै कार्यकर्ता तानातान भएको समाचार प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको

दुर्गा प्रसाईं र अंगरक्षक दिपक खड्का पक्राउ

 चैत २९, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ पर्नुभएको छ । नेपाल प्रहरी प्रधान

प्रतिनिधिसभा बैठकअघि सभामुखले प्रमुख सचेतकहरुसँग छलफल गर्दै

काठमाडौँ,  चैत १७ गते । प्रतिनिधिसभाको आजको बैठक सुरु हुनुअघि सभामुख देवराज घिमिरेले राजनीतिक दलका