हिरोको यौनप्रस्ताव नमान्दा…

चैत्र ६ । दक्षिण भारतीय फिल्मकी अभिनेत्री कस्तुरीले तेलेगु फिल्ममा एक चर्चित अभिनेतालाई ‘कास्टिङ काउच’को आरोप Kasturiलगाएकी छिन् ।

 

कस्तुरीले आफूलाई यौन शोषण गर्न खोजेका ती अभिनेताको नाम भने खुलाएकी छैनन् । उनले ती अभिनेता अहिले राजानीतिमा पनि सक्रिय रहेको जानकारी दिएकी छिन् ।

कस्तुरीले आफ्नो जीवनका खराब अनुभव सुनाउने क्रममा आफू कास्टिङ काउचबाट बचेको दाबी गरेकी हुन् । ‘ती अभिनेताले मलाई, मसँग सुत भनेर दबाब दिएका थिए,’ उनले भनेकी छिन्, ‘तर मैले मानिनँ । म उनलाई निकै सम्मान गर्दथेँ । तर, तिनी त साह्रै पातकी पो रहेछन् ।’ साउथ इन्डियन फिल्म उद्योगमा यौनशोषण र आशक्तिका प्रसंग आइरहने गर्दछन् ।

कस्तुरीले आफूले ती अभिनेताको सर्त नमान्दा फिल्मबाट निकालिनु परेको खुलासामा पनि गरेकी छिन् । ‘मैले उनको सर्त नमान्दा मलाई साह्रै तनाव दिए,’ कस्तुरीले भनेकी छिन्, ‘उनीसँग मैले जुनजुन फिल्ममा काम गरेँ, सबैमा तनाव झेल्नुपर्यो‍ । कसैगरी पनि मैले उनको कुरा नमानेपछि मलाई दुईवटा फिल्मबाट निकालिदिए ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

बुद्धोपदेशको वैश्विक महत्व

 २९ वैशाख २०८२, ज्ञानको खोजीमा निस्केका सिद्धार्थ साधनाले खारिएर भगवान् गौतम बुद्ध बने । लोभ

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको

न्यायको कठघरामा न्यायिक समिति

वसन्त आचार्य  २ वैशाख २०८२, न्याय एक बृहत् अवधारणा हो । यो एक दर्शन पनि

पक्षघातको औषधी निःशुल्क उपलब्ध हुने : स्वास्थ्य मन्त्री पौडेल

माघ ३,काठमाडौँ। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालमा निकै दुर्लभ मानिएको पक्षघातको उपचारमा प्रयोग हुने

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

काठमाडौँ, असोज ९  गते ।  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका