काठमाडौं – काठमाडौंको गुर्जुधारामा ट्रकको बे्रक फेल भई दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ९ जना घाइते भएका छन् भने ४ वटा सवारी साधनमा क्षति पुगेको छ ।
मृत्यु हुनेमा झापा अनारमनिका ३७ बर्षिय डम्बर पोख्रेल र काभ्रेपलाञ्चोक पनौतीका ४६ बर्षिय कान्छाबली लामा रहेका छन् ।
बिहान ११ बजे बा ३ ख ९७७३ नम्बरको ट्रकले सन्तुलन गुमाँउदा अन्य ३ सबारी साधनलाई ठक्कर दिनपुगेको थियो । शुरुमा मे १ ख २४३९ नंबरको मिनिट्रकलाई ठक्कर दिएको थियो । त्यसपछि ठक्कर खाएको मिनिट्रकले बा १ ज ७९६७ नंबरको ट्याक्सीलाई ठक्कर दिएको थियो । ठक्कर दिने क्रममा बा ६९ प ६२८५ नम्बरको स्कुटर पनि दुर्घटनामा परि क्षतबिक्षत भएको प्रहरी निरिक्षक बाबुराम पोखरेलले जानकारी दिएका छन् ।
दुर्घंटनामा परी नाम नखुलेका बा ३ ख ९७७३ नम्बरको ट्रकका चालक गंभिर घाइते भएका छन् । साथै अर्को ट्रकका चालक र सहचालक पनि घाइते भएका छन् । यस्तै ट्याक्सीमा सबार २ यात्रुसहित चालक र स्कुटीमा सबार २ जना गरी ८ जना घाइते भएको पोखरेलले जानकारी दिए ।
घाइतेहरुलाई उपचारका लागि विभिन्न अस्पतालहरुमा पु¥याइएको छ । ५ जनालाई बागेश्वरी अस्पताल, १ जनालाई समाज अस्पताल, २ जनालाई बयोधा अस्पताल र १ जनालाई ट्रमा सेन्टर लगिएको पत्रकार रोशन दानीले जानकारी दिए ।
बागेश्वरी अस्पतालमा बर्ष २३ का अञ्जु आले, बर्ष २८ का कृष्ण थापा, बर्ष ६ का किभिन थापा, बर्ष ५ का आरसी आले र बर्ष ४४ का बाजेन्द्र थापाको उपचार भइरहेको छ ।
निशा चौधरी ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्
०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास
कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको
चैत २९, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ पर्नुभएको छ । नेपाल प्रहरी प्रधान
काठमाडौँ, चैत १७ गते । प्रतिनिधिसभाको आजको बैठक सुरु हुनुअघि सभामुख देवराज घिमिरेले राजनीतिक दलका
फागुन १५ , काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक मर्यादाहरु ध्वस्त बनाएर घृणाको राजनीति फैलाउने र