माओवादी केन्द्रका नेता जीवन चौहानसहित १८० जना एमालेमा प्रवेश

uml-officeसन्धिखर्क, २ चैत । अर्घाखाँची जिल्ला खनदह गाविसमा नेकपा माओवादी केन्द्रका राष्ट्रिय महाधिवेशन आयोजक कमिटी सदस्य जीवन चौहानसहित १८० जना माओवादी केन्द्रका नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् ।
सोमबार भएको उक्त पार्टी प्रवेश कार्यक्रममा नेकपा माओवादी केन्द्रका राष्ट्रिय महाधिवेशन आयोजक कमिटी सदस्य जीवन चौहान, केन्द्रका जिल्ला कमिटी सदस्य फर्सुराम पोख्रेल, पूर्व गाउँ कमिटी अध्यक्ष विष्णुप्रसाद खनाल, पूर्व उपाध्यक्ष कुलप्रसाद खनाल रहेका छन् ।
त्यसैगरी, पूर्व सचिव वसन्ता गौतम, पूर्व गाउँ कमिटी सदस्य नारायण पोख्रेल, मतिलाल खनाल, कमल चौहान, मधुसुदन पोख्रेल, रेमकला विक, इन्दिरा खनाल, सावित्रा खनाल, अनेमसङ्घ क्रान्तिकारी जिल्ला कमिटी सदस्य विमला चौहान, दिपा पोख्रेल, माओवादी केन्द्रका सदस्य दिपनारायण चुदाँली, जिवलाल खनाल, खुबिराम खनाल, टोपलाल गिरीलगायत नेता कार्यकर्ता एमालेमा प्रवेश गरेको नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष चेतनारायण आचार्यले बताए ।
आफ्नो मेहनत र पसिना एमालेमै खर्चिएको र आफू आफ्नै पुरानो घरमा फर्किँदा खुसी लागेको साथै मुलुकको आमूल परिवर्तन गर्न नेकपा एमाले मात्रै सक्षम रहेको प्रवेशपछि नेता जीवन चौहानले बताए ।
कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष चेतनारायण आचार्यले नवप्रवेशीलाई बधाई तथा शुभकामना दिँदै प्रवेशीलाई एमालेमा उचित जिम्मेवारी प्रदान गर्न आफू प्रतिवद्ध रहेको बताए ।
आगामी स्थानीय निर्वाचनमा एमालेलाई पहिलो शक्ति बनाउन सबै आफ्नो ठाउँबाट एकजुट भएर लाग्न नेता आचार्यले आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अदालत र प्रेसको लक्ष्मणरेखा

यम विरही ५ जेठ २०८२, सोमबार स्वतन्त्र न्यायपालिका र स्वतन्त्र प्रेस दुवै लोकतन्त्रका खम्बा हुन्

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको

शिक्षक आन्दोलनको स्वरुप परिवर्तन गर्न आग्रह

वैशाख  १०,काठमाडौँ। बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले विद्यार्थीको अधिकारप्रति सचेत हुँदै आन्दोलनको स्वरुप