५ फागुन, रौतहट । विभिन्न बैंकका २७ थान एटीएम कार्ड र पाँच लाख ७७ हजार नगदसहित दुई जनालाई रौतहट प्रहरीले पक्राउ गरेको छ ।
विशेष सुराकीको आधारमा खटिएको प्रहरी टोलीले गौरको मुख्य बजार क्षेत्रबाट धरहरी गाविस ८ का सुनिल साह र वडा नम्वर ४ का पुरुषोत्तम साहलाई पक्राउ गरेको हो ।
दुबै जनालाई खानतलासी गर्दा उनीहरुको साथबाट २७ थान एटीएम कार्ड र ५ लाख ७७ हजार रुपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
सबैभन्दा धेरै १० वटा एटीएम कार्ड एनआईसी एसिया बैंकका छन् । यसैगरी हिमालयन बैंकका ७ वटा र माछापुच्छ्रे बैंकका ६ वटा एटीएम कार्ड बरामद भएका छन् । नेपाल राष्ट्र बैंक, ग्लोबल आईएमई, नबिल र एसीई डेभलपमेन्ट बैंकका एक-एकवटा एटीएम कार्ड साहद्वयको साथबाट बरामद भएका छन् ।
पक्राउ परेका साहद्वयलाई प्रहरी हिरासतमा राखेर आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरिक्षक अशोक झाले बताए ।
सीमा क्षेत्रमा अवैधरुपमा भारतीय रुपैयाँको कारोबार गर्ने केही गिरोहले नेपाली बैंकमा जम्मा गरेको रकम भारतीय एटीएमबाट झिकेर भारतीय रुपैयाँको कारोबार गरिरहेका छन् । फरक-फरक बैंकका एटीएम प्रयोग गरेर भारतीय रुपैयाँ झिक्ने र चर्को दरमा सटही गर्ने कारोबारीको संख्या सीमा क्षेत्रमा बढेको छ ।
पक्राउ परेकाहरुको साथबाट ठूलो परिमाणमा नेपाली बैंकको एटीएम कार्ड बरामद हुँदा उनीहरु पनि भारतीय रुपैयाँको कारोबारमा संलग्न हुन सक्ने आशंका प्रहरीको छ ।
प्रहरी अनुसन्धान पूरा भएपछि आवश्यक कारवाहीका लागि दुवै जनालाई राजस्व अनुसन्धान विभाग काठमाडौं पठाउने तयारी भइरहेको प्रहरी निरीक्षक झाले बताए ।
जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको
निशा चौधरी ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्
०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास
२९ वैशाख २०८२, ज्ञानको खोजीमा निस्केका सिद्धार्थ साधनाले खारिएर भगवान् गौतम बुद्ध बने । लोभ
कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको
वसन्त आचार्य २ वैशाख २०८२, न्याय एक बृहत् अवधारणा हो । यो एक दर्शन पनि