जावलाखेलमा सडक खन्दा गाडधन भेटियो !

 
Gaddhan-At-lalitpur-5-768x522

 

२५ माघ, ललितपुर । जावलाखेलस्थित महानगरीय प्रहरी परिसर कार्यालयकै अगाडि एउटा डोजर चलिरहेको छ । छेउमै मानिसहरु ‘कुखुराले भुतभुते खेलेझै’ गरेर माटो खोस्रिरहेका छन् । लाग्छ, त्यहाँ कुनै बहुमूल्य बस्तु हराएको पो हो कि ?

तर, केही हराएको होइन, भेटिएको रहेछ । खानेपानीको पाइप विच्छ्याउन प्रहरी कार्यालय अगाडि सोमबारबाट सडक खन्न थालिएको थियो । त्यसक्रममा माटोमुनि गाडिएको पैसाको भाँडो भेटियो ।

स्थानीयले बताए अनुसार माटोको भाँडामा राखेर गाडिएका पुराना सिक्काहरु (गाडधन) स्थानीयले लगे । प्रहरीहरु यसमा रमिते बनेर बसे । सडकमा भेटिएको रहल-पहल पैसा खोज्न त्यहाँ सोमबारदेखि नै मानिसहरु भिडिरहेका छन् । प्रहरीले रमिता हेरिरहेकै छ ।

सोमबार पैसाकेा भाँडो नै भेटिएको थियो, जुन त्यहाँ जम्मा भएका स्थानीयले लगेका छन् ।

 

आज मंगलबार पनि खन्ने क्रममा केही पैसा भेटिएको छ । त्यही भएर मानिसहरु त्यहाँ कुखुराले जसरी माटो खोसि्ररहेका थिए । केहीले सिक्का भेट्टाएका पनि छन् । भेटिएको सिक्का हेर्दा निकै पुराना जस्ता देखिए पनि खिया लागेका कारण त्यसमा लेखिएको केही बुझ्न सक्ने अवस्था छैन ।

सिडियो साहेब के भन्छन् ?

ललितपुरका प्रमुख जिल्ला अधिकारी दीपक काफ्लेले माटोमुनि सिक्का भेटिएको पुष्टि गरे । उनले भने, यो खबर आएपछि संरक्षण गर्न पुरातत्व विभागलाई खबर गरेको थिएँ, उनीहरु आएर लगे भन्ने मलाई खबर आएको छ ।’

 

तर, मंगलबार पनि मानिसहरु बाटोमा पैसा खोजिरहेका छन् नि भन्ने  प्रश्नमा प्रजिअ काफ्लेले भने, यो मलाई थाहा भएन, तपाईले भन्नु भो, म फेरि बुझ्छु ।’

Gaddhan-At-lalitpur-1-530x240

गाडधन भेटिएकोबारे पुरात्व विभागलाई सोध्दा स्मारक संरक्षण कार्यालयलाई भनिएको भनेर पन्छियो । यसले प्रहरीकै अगाडि भेटिएको पुरातात्विक सामाग्री प्रशासनको हातमा पुग्यो कि स्थानीयले लगे प्रष्ट छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको

दुर्गा प्रसाईं र अंगरक्षक दिपक खड्का पक्राउ

 चैत २९, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ पर्नुभएको छ । नेपाल प्रहरी प्रधान

प्रतिनिधिसभा बैठकअघि सभामुखले प्रमुख सचेतकहरुसँग छलफल गर्दै

काठमाडौँ,  चैत १७ गते । प्रतिनिधिसभाको आजको बैठक सुरु हुनुअघि सभामुख देवराज घिमिरेले राजनीतिक दलका

सामाजिक मर्यादा ध्वस्त बनाउने घृणाको राजनीति नियन्त्रण गर्छौं : प्रधानमन्त्री

फागुन १५ , काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक मर्यादाहरु ध्वस्त बनाएर घृणाको राजनीति फैलाउने र