चार जिल्लाका ७२० भूकम्पपीडितले दोस्रो किस्ता पाए

काठमाडौँ, 25, माघ । भूकम्पपछिको पुनःनिर्माणका क्रममा चार जिल्लाका ७२० परिवारले जग निर्माण सम्पन्न गरी दोस्रो किस्ता बुझेका छन् ।money-350x250

मकवानपुरमा ६००, सिन्धुलीमा ७३, गोरखामा ४१ र नुवाकोटमा ६ परिवारले पहिलो किस्ताको रु ५० हजार बुझी घरको जगनिर्माण गरेर दोस्रो किस्ताको रु एक लाख ५० हजार लिएको सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन एकाइले जनाएको छ ।

अहिलेसम्म दोस्रो किस्ता वितरण राष्ट्रिय पुनःनिर्माण प्राधिकरणसँग सम्झौता गरी काम गरिरहेका गैरसरकारी संस्थाले वितरण गरेको एकाइका प्रमुख गणेशराज वस्तीले राससलाई जानकारी दिनुभयो ।

“भूकम्प अति प्रभावित १४ जिल्लामा २० हजार पीडितलाई गैरसरकारी संस्थाले पुनःनिर्माणका लागि अनुदान दिने प्राधिकरणसँग सम्झौता भएको छ, गैरसरकारी संस्थाको अनुदान पाउने लाभग्राहीले सरकारले दिने सहयोग पाउँदैनन्”–उहाँले भन्नुभयो ।

भूकम्प अति प्रभावित सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुङ्गा, सिन्धुली, काभ्रेपलाञ्चोक, मकवानपुर, गोरखा, धादिङ, रसुवा, नुवाकोट, काठमाडौँ, ललितपुर र भक्तपुरमा पहिलो किस्ता लिई जग निर्माण गरेर इन्जिनियरबाट सिफारिस भई आएका लाभग्राहीलाई दोस्रो किस्ता वितरण गर्न रु ११ अर्ब निकासा गरिएको एकाइले जनाएको छ । यो रकम ७३ हजार लाभग्राहीलाई वितरण गर्नपुग्छ ।

दोस्रो किस्ताले घरनिर्माण सम्पन्न गरेको सहरी विकास मन्त्रालय अन्तर्गत खटिएका प्राविधिकले सिफारिस गरेपछि छाना छाउने प्रयोजनका लागि रु एक लाख तेस्रो किस्तामा वितरण गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको

दुर्गा प्रसाईं र अंगरक्षक दिपक खड्का पक्राउ

 चैत २९, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ पर्नुभएको छ । नेपाल प्रहरी प्रधान

प्रतिनिधिसभा बैठकअघि सभामुखले प्रमुख सचेतकहरुसँग छलफल गर्दै

काठमाडौँ,  चैत १७ गते । प्रतिनिधिसभाको आजको बैठक सुरु हुनुअघि सभामुख देवराज घिमिरेले राजनीतिक दलका