आजबाट प्रिपेड मोबाइलमा फोर-जी, सिआरबिटीसहित विभिन्न छुट सुविधा पनि

२२  माघ, काठमाडौं । नेपाल टेलिकमले आज देखि जीएसएम प्रिपेड ग्राहकलाई पनि फोर-जी सेवा दिने भएको छ । पोष्टपेडमा फोर-जी दर्ता गर्ने ग्राहकको संख्या बढ्दै गर्दा टेलिकमले फोर-जी सेवा दिन लागेको हो । काठमाडौं र पोखराका प्रिपेड ग्राहकलाई  मात्र यो सेवा उपलब्ध हुनेछ ।

गत पुस १७ गतदेखि टेलिकमले काठमाडौं र पोखराका पोष्टपेड ग्राहकलाई फोर-जी सेवा दिन सुरु गरेको थियो । अब टेलिकमको वाषिर्क उत्सवका अवसर पारेर फोरजीको प्रिपेडमार्फत ब्यवसासयिक लञ्चिङ गर्न लागिएको हो ।

4g-lte-ntc

‘भोलिबाटै फोर-जी सेवा पिप्रेड मोबाइलमा पनि विस्तार गर्ने  अन्तिम तयारीमा छौं’ टेलिकमकी प्रवक्ता प्रतिभा बैद्यले भनिन्, ‘यसपछि हामी अन्य जिल्लामा यो सेवा विस्तार गर्न केन्द्रित हुनेछौं ।’ यसका लागि टेण्डर गर्ने प्रक्रिया सुरु भइसकेको टेलिकमले जनाएको छ ।

टेलिकमले ३९ करेाड रुपैयाँ बराबर खर्चिएर फोर-जी सेवा प्रारम्भ गरेको थियो । काठमाडौंमा फोर-जीका लागि काठमाडौंमा ३ सय ८ वटा बिटीएस टावरलाई अपग्रेड गरिएको छ भने पोखरामा ७९ वटा टावरको स्तरोन्नति गरिएको थियो। पोखराको लेकसाइड र न्युरोड क्षत्रेमा मात्रै अहिले फोर-जी नेटवर्क उपलब्ध छ ।

१८०० मेगाहर्ज ब्याण्डमा कम्पनीले प्रयोग गरेको १५ मेगाहर्जको ब्याण्डविथलाई रिफर्मिङ गरी ५ मेगाहर्जलाई फोर जीका लागि र १० मेगाहर्ज जिएसएमका लागि प्रयोग गरिएको छ ।

यसअनुसर फोर-जीले अधिकतम् ३२.४ एमबीपीएस गतिको डाटा उपलब्ध गराउँछ । यसलाई १०० एमबीपीएस बनाउन टेलिकमले ५ मेगाहर्ज ब्याण्डविथ थप गर्ने तयारी गरेको छ ।

आइफोन-सिक्स र सेभेन सिरिज लगायतका केही सेटमा फोर-जी सपोर्ट नगरेपनि फोरजी सेवा लिनको संख्या दैनिक रुपमा बढिरहेको छ ।

यसैबीच टेलिकमले कुनै समयमा निकै चर्चित रहेको कल रिङ ब्याक टोन (सिआरबिटी)सेवा पनि फेरि सुचारु गर्ने भएको छ । केही समयअघिदेखि यो सेवा बन्द थियो । अब भाेलिबाटै यो  सेवा पनि सुरु हुनेछ ।

टेलिकमले वार्षिक उत्सवको अवसर पारेर आफ्ना ग्राहकका लागि विभिन्न छुट तथा आकर्षक योजनाको घोषणा पनि शनिबार नै गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको

दुर्गा प्रसाईं र अंगरक्षक दिपक खड्का पक्राउ

 चैत २९, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ पर्नुभएको छ । नेपाल प्रहरी प्रधान

प्रतिनिधिसभा बैठकअघि सभामुखले प्रमुख सचेतकहरुसँग छलफल गर्दै

काठमाडौँ,  चैत १७ गते । प्रतिनिधिसभाको आजको बैठक सुरु हुनुअघि सभामुख देवराज घिमिरेले राजनीतिक दलका