June 1, 2017

चितवन मेडिकल कलेजमा तोडफोड

१८ जेठ , चितवन । चितवन मेडिकल कलेजको आकस्मिक उपचार कक्षमा तोडफोड भएको छ । अस्पतालमा भर्ना भएका विरामीको उपचारको क्रममा मृत्यु भएपछि आफन्तले आकस्मिक उपचार कक्षमा तोडफोड गरेका हुन ।

  दुर्घटना परेर उपचारका लागि गत शुक्रवार अस्पताल पु¥याएका १८ वर्षका रोहन लामाको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । बिरामीका आफन्तले अस्पतालको लापरबाहीका कारण मृत्यु भएको भन्दै तोडफोड गरेका हुन ।

केही दिनअघिसम्म बोलचाल गर्ने विरामीको आकस्मिक कक्षमा दक्ष चिकित्सक नहुँदा मृत्यु भएको मृतकका आफन्तको आरोप छ । तोडफोडका क्रममा एक जना घाइते भएका छन् । उनी शिशा फुटाउँदै गर्दा घाइते भएका हुन् ।

तोडफोड गर्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । आकस्मिक उपचार कक्ष जस्तो संवेदनशील क्षेत्रमा बिरामीको आफन्तको भीड जान थालेपछि अस्पताल प्रशासनले प्रहरीको सहयोग लिएको अस्पतालका निर्देशक अरुण कोइरालाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

बुद्धोपदेशको वैश्विक महत्व

 २९ वैशाख २०८२, ज्ञानको खोजीमा निस्केका सिद्धार्थ साधनाले खारिएर भगवान् गौतम बुद्ध बने । लोभ

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको

न्यायको कठघरामा न्यायिक समिति

वसन्त आचार्य  २ वैशाख २०८२, न्याय एक बृहत् अवधारणा हो । यो एक दर्शन पनि