वाङ्मय शताब्दी पुरुष सत्य मोहन जोशी रहनुभएन

३० असोज,काठमाडौं । नेपाली वाङ्मयका सताब्दी पुरूष सत्यमोहन जोशीको निधन भएको छ। १०३ वर्षको उमेरमा आइतबार बिहान ७ बजेर ९ मिनेटमा ललितपुरको किष्ट अस्पतालमा उपचारको क्रममा उहाँको निधन भएको जानकारी प्राप्त भएको छ ।

२४ दिन अघि अस्पतालमा भर्ना हुनुभएका जोशीको आइसियूमै राखेर उपचार भइरहेको थियो।

जोशीमा मुटु र प्रोष्टेटको समस्या थियो । उहाँकाे स्वास्थ्यमा थप समस्या देखिएपछि उहाँलाई असोज ७ गते किष्ट अस्पताल लगिएको थियो । अस्पतालको इमर्जेन्सी वार्डमा भर्ना गरिएको जोशीको रगत परीक्षणको क्रममा डेंगु संक्रमणसमेत देखिएको थियो ।

अस्पताल बसाइको शुरुका दिनमा केही सुधार भएजस्तो देखिए पनि पछि उहाँँको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको थियो ।

१९७७ वैशाख ३० गते बखुम्बहाल, ललितपुरमा जन्मिनुभएका जोशी देशकै जिउँदो इतिहास हुनुहुन्थ्यो ।

सत्यमोहन जोशी राणाकालमै गोरखापत्रका पत्रकारका रुपमा २००१ देखि २००६ सालसम्म लमजुङ् र तनहुँका गाउँहरुमा पुग्नुभएको थियो । भाषा, कला, संस्कृतिको संरक्षण सम्बर्धन र विकासमा योगदान दिनुभएका जोशी वि.सं.२०१३, २०१७२०१८ मा गरेर तीन पटक मदन पुरस्कार पाउने एक्ला व्यक्ति हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

प्रधानमन्त्रीको सम्बोधन “सरकार ढल्ने दिवा सपना नदेख्नआग्रह” (पूर्ण पाठसहित)

कात्तिक ७, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस र नेकपा (एमाले) जस्ता इतिहास

अवरुद्ध कान्ति लोकपथ सुचारु

 असोज २२,काठमाडौँ  । यही असोज १० गतेदेखि १२ गतेसम्म परेको अविरल वर्षापछिको बाढी तथा पहिरोका

धार्मिक साहित्यमा दसैँ र नारीशक्ति

 असोज २२,  २०८१, मङ्गलबार। हरेक देशका आफ्नै भाषा, जाति, समुदायहरू एवं तिनका आआफ्नै संस्कृति पनि

‘लगानी विविधीकरण कोषको मुख्य एजेन्डा हो’

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

काठमाडौँ, असोज ९  गते ।  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका

सर्वोच्चले दिएन दुर्गा प्रसाईंलाई अन्तरिम आदेश

आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न