सुर्यविनायक नगर अस्पतालको बिमा कार्यक्रम र भावी योजनाबारे,कार्यकारी निर्देशक डा.सागर कुमार राजभण्डारी

                    स्थानीय सरकारको अस्पतालहरु जति पनि छन।कतिपयले आधारभूत अस्पताल ५ बेडको भनेको छ।कतिपयले १० बेडको भनेको छ।कसैले १५ बेडको आधारमा भनेका छन वा ५-१५ बेड सम्मको अस्पताल राखेको हुन्छ।तर हामीले हाम्रो आवश्यकता यो राजमार्ग साइट र धेरै भन्दा धेरै मानिसलाई गुणस्तरीय सेवा दिनुपर्ने र अरनिको राजमार्ग हुँदै पुर्वतीर आवतजावत गर्ने मानिसहरुको एकदमै पाएक पर्ने हिसाबले हामीले अस्पताल स्थापना गरेका हौं।

नगरपालिकाले आफ्नो नगरबासिहरुका लागि स्वास्थ्यको जिम्मेवारी लिएको छ।खास गरेर यहाँका ब्यक्तिहरुको औषधि उपचारमा ठूलो धनराशि खर्च भैरहेको छ। त्यो खर्चको बोझ कम होस भन्ने हिसाबले बिमा कार्यक्रममा सबैलाई समाहित गरेको छ।त्यस कार्यक्रम अन्तर्गत एउटा परिवारलाई लाग्ने ३५ सय रुपैयाँ मध्ये नगरपालिकाले हजार रुपैयाँ अनुदान दिएको छ र २५ सय रुपैयाँ मात्रै सेवाग्राहीले तिर्नुपर्ने परिपाटी रहेको छ।त्यसो गरेबापत एकलाख बराबरको सेवा उसले यस् अस्पतालबाट निर्वाध रुपमा पाउन सक्छ।त्यसको लागी कसैले शुल्क छैन भनेर चिन्ता लिनु पर्दैन ।

यसमा विभिन्न किसिमको इन्भेस्टिकेसनदेखि लिएर,विभिन्न औसधि उपचारदेखी लिएर,एक्सरे देखि सम्पूर्ण उपचार हुन्छ। यहाँ बाट गर्न नसक्ने केसहरु पनि जस्तै,एमआरआई गर्नुपर्‍यो,सिटिस्क्याननै गर्नुपर्‍यो भनेपनी अथवा ठुलो अप्रेसन गर्नुपर्‍यो त्यस्ता बिरामिलाई पनि हामिले रेफरकाल जारी गरिसकेपछि कसैले पैसा तिर्नुपर्दैन।यो भनेको मतलब नागरिकहरूको आर्थिक बोझ कम गर्नको लागि गरिएको इन्टरभेन्सन हो।यसमा नगरपालिकाले ठूलो लगानी गरेको छ।

साथसाथमा हामीले यहाँ बाट छिमेकी नगरपालिकाका ब्यक्तिहरुलाई पनि यो सेवा दिइरहेका छौं । अन्य ब्यक्तिहरु जसलाई यो अस्पतालको सेवाको आवश्यकता पर्छ।खासगरी यो अस्पतालका चिकित्सकहरु,नर्सिङ स्टाफहरुको अनुभव,एक्सपटिजहरु सबैलाई हेरेर विभिन्न सेवा दिने गरेका छौं।जस्तै,कोहि धौलागिरीका मान्छे,म्याग्दीका मान्छे पनि सेवा लिन आउंछन।कोहि सिन्धुपाल्चोक तिरका आउंछन।कोहि रामेछाप तिरका आउंछन।बिमा नगरेका ब्यक्तिहरु पनि यहाँ सेवा लिन आउंछन।झण्डै-झण्डै अहिलेसम्मको हिसाब गर्दा ३० देखि ३५ प्रतिशत ब्यक्तिहरु बिमित नगरेका ब्यक्तिहरु पनि यहाँ सेवा लिन आईरहनुभएको छ।

सबै सेवालाई हामीले अन्य अस्पतालको जस्तो भोलि आउनुस,पर्सि आउनुस भन्ने गरेका छैनौं।यो अस्पतालमा प्रयाजसो कर्मचारिहरु करारमा भर्ना गरिएका छन।एकदुई जना कर्मचारी मात्रै थाई राखिएको छ।थाई कर्मचारीहरु पनि ती कर्मचारी हुन जसले हेल्पपोष्टहरुमा काम गर्नु हुन्थ्यो।हेल्पोष्टहरुमा मेनपावर बढिभएको कारणले उहाँहरुलाई एता तानेर काम दिरहेका छौँ।

हाम्रो सेवाको कुरा गर्दखेरी शुरुमा हामीले इमर्जेन्सी बाट सुरु गर्‍यौं।इमर्जेन्सीमा हाम्रो १० ओटा बेड छन।सबै बेडहरुमा अक्सिजन फिटिङ्स छन।हामिसंग आफ्नै अक्सिजन प्लान पनि छ।त्यसको लागि बाहिरबाट अक्सिजन ल्याउनु पर्दैन।त्यसपछि अर्को भनेको हामिसंग रेडियोलोजी सेवाको लागि डिजिटल एक्सरे सेवा पनि छ।डिजिटल एक्सरे र अल्ट्रासाउन्ड सेवा पनि हामीले दिइरहेका छौँ।

अल्ट्रासाउन्ड सेवाको लागि हाम्रोमा दरबन्दी नरहेको हुंदा कहिलेकाहीँ इमर्जेन्सी परेको खण्डमा म आफैं जिपि भएको हुनाले आफैं पनि गर्छु र रेडियोलिजिको सहायक हामिले आउटसोर्सिङ गरेका छौँ । उहाँहरुले हरेक दिन सांडे एक बजेदेखि सांडे तीन बजेसम्म सेवा पुर्याउनु हुन्छ।त्यसोगरेबापत उहाँहरुलाई सेवाको आधारमा पारिश्रमिक दिन्छौं।

अन्य कन्सलट्यान हरुको सन्दर्भमा पनि हामीले आउट सोर्सिङ गरेका छौँ।अन्य अस्पतालमा काम गर्नुहुने डाक्टरसाप हरुलाई उहाँको समयानुकूल मिलाएर हामिले ‘इएचएस एक्सिलेट हस्पिटल सर्भिस’ अन्तर्गतको जस्तै,उहाँहरुले काम गर्नको लागि बिहान् सांडे नौ बजे भन्दा पहिले र दिउँसो तीन बजेपछि बिस्तारीत हस्पिटल सेवा अन्तर्गत उहाँहरुले सेवा पुर्‍याईरहनु भएको छ।सेवा र शुल्कको सन्दर्भमा बिमितहरुको लागि पनि उहाँहरुले शुल्क तिर्नु पर्दैन बिमाबाटनै हामीले ब्यवस्थापन गरेका छौँ ।अन्य बिरामिहरुको हकमा पनि उहाँहरुको ‘नम्बर अफ ट्र्याङ्सको’ आधारमा जतिधेरै हुँदै जान्छ त्यसको प्रसन्टेज कम हुँदै जाने जति कम भयो त्यसको प्रसन्टेज बढ्दै जाने हिसाबले उहाँहरुलाई हामीले निशुल्क दिने गरेका छौँ।

यो महिनामात्रै विभिन्न श्रेणिका ३० जनाजती स्टाफहरु नयाँ थपेका छौं।अब हामिले यो अस्पताललाई फुलफेजमा संचालन गर्दै छौं।अहिलेसम्म भएका सेवा जस्तै,ल्याबको चौबीसै घण्टा सेवा,फार्मेसी चौबिसै घण्टा सेवा,इमर्जेन्सी चौबीसै घण्टा सेवा त्यसपछि थपिएको अन्तरङ्ग बिभाग जहाँ बिरामीको भर्ना गरेर उपचार गर्ने।यसलाई पनि हामीले यो महिनाबाट शुरु गरिसकेका छौँ।

दोस्रो चरणमा हामीलाई स्वस्थ्य मन्त्रालयबाट सर्टेन बजेट प्राप्त भएको छ।यो बर्श हामिले टेन्डरिङ पनि गर्छौं र टेन्डरिङमा चाहिँ १८ करोडको जुन रकम प्राप्त भएको छ त्यसमा हामीले एउटा अस्पताल बनाउंदै छौं।त्यो अस्पतालमा हामिलाई भएका पुर्वाधारहरु कमिले गर्दा जस्तै,अप्रेसनहरु गर्ने।डाइलासेसहरु राख्ने देखी लिएर थुप्रै बिरमिहरु भर्ना गर्नुपर्ने वार्डहरु निर्माण हुन्छ त्यसपछि हामी बिस्तारै-बिस्तारै बिरामिहरुको बेड संख्या बढाउंदै दुई बर्शभित्र हामिलाई चाहिँ सय बेडको अस्पताल बनाउने कार्यमा अगाडि बढिरहेका छौं।

भोलिको दिनहरुमा यो अस्पताल लाई यो स्थानिय सरकारको एउटा नमुना अस्पताल भएको हुनाले विभिन्न किसिमका मेनपावर रिक्युट गर्ने सेन्टरका रुपमा पनि बिकास गर्ने ।विभिन्न किसिमका कोर्सहरु जस्तै,प्यारामेटिक कोर्स,ल्याब कोर्शरु,स्टाफ नर्सका कोर्शरु भयो।रेडियोग्राफिका कोर्सहरु,फार्मेसीका कोर्सहरु हामी यहीँ भित्र तयारी गर्ने उदेश्य सहित काम अगाडी बढाईरहेका छौँ।

स्वास्थ्यमा लगानी भनेको एकपटक गरे हुन्छ। संधैका लागि गरिरहनु पर्दैन।अहिले लगानी धेरै भयो भनेर चिन्ता लिनु पर्दैन।किनभने बिस्तारै-बिस्तारै यो आफैले पिकअप लिन्छ।भोलि यो अस्पताल ‘सेल्फ सस्टेन’ भैसकेपछाडी हामी यो भन्दा ठूलो र प्रभावकारी तरिकाले लैजान सक्छौं।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अवरुद्ध कान्ति लोकपथ सुचारु

 असोज २२,काठमाडौँ  । यही असोज १० गतेदेखि १२ गतेसम्म परेको अविरल वर्षापछिको बाढी तथा पहिरोका

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

काठमाडौँ, असोज ९  गते ।  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका

राष्ट्रपतिबाट आह्वान लगत्तै ओलीलाई प्रधानमन्त्रीमा दाबी गर्ने कांग्रेस-एमालेको तयारी

असार २८, काठमाडौँ। प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत नपाएपछि राष्ट्रपति रामचन्द्र पौडेलबाट नयाँ सरकार

गणतन्त्रलाई बलियो बनाउन एमालेसँग सहकार्य गरेका हौँ’

 असार १८ ,मोरङ। नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई बलियो बनाउन कांग्रेस

कांग्रेस-एमाले सहमतिमा के छ ? 

पीपल नेपाल संबाददाता बिजय प्याकुरेल असार १८, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड

फणीन्द्र माथिको कारबाही  कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

 असार १०.काठमाडौँ। सर्वोच्च अदालतले गण्डकी प्रदेशका निलम्बित सांसद फणीन्द्र देवकोटाको पक्षमा अन्तरिम आदेश जारी गरेको