राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच शितल निवासमा भेटवार्ता


१३ भदौ,काठमाडौं।
 राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच राष्ट्रपति कार्यालय शितल निवासमा भेटवार्ता सम्पन्न भएको छ।
भेटवार्तामा राष्ट्रपति भण्डारीले नागरिकता विधेयक र निर्वाचावारे चासो व्यक्त गरेकी छन।सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री देउवालाई राष्ट्रपति कार्यालय शितल निवासमा बोलाएर नागरिकता विधेयकका बारेमा चासो व्यक्त गरेकी हुन्। छलफलका लागि प्रधानमन्त्री देउवा, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थाप, सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्की सहितका शीर्ष नेताहरु शितल निवास पुगेका थिए। 

छलफलपछि सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रपतिले नेपालको नागरिकता पहिलो संशोधन विधेयक र आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको तयारी बारेमा चासो लिएको बताएका छन्। 

‘नागरिकता विधेयक र निर्वाचनबारे हामीले प्रष्ट पार्‍याैं। विगतमा केपी ओली सरकारले ल्याएको अध्यादेशअनुसार नै विधेयक अहिले पार्लियामेन्टले पास गरेको हो।’ राष्ट्रपति भण्डारीले निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउन समेत आग्रह गरेको मन्त्री कार्कीले जानकारी दिए।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

प्रधानमन्त्रीको सम्बोधन “सरकार ढल्ने दिवा सपना नदेख्नआग्रह” (पूर्ण पाठसहित)

कात्तिक ७, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस र नेकपा (एमाले) जस्ता इतिहास

अवरुद्ध कान्ति लोकपथ सुचारु

 असोज २२,काठमाडौँ  । यही असोज १० गतेदेखि १२ गतेसम्म परेको अविरल वर्षापछिको बाढी तथा पहिरोका

धार्मिक साहित्यमा दसैँ र नारीशक्ति

 असोज २२,  २०८१, मङ्गलबार। हरेक देशका आफ्नै भाषा, जाति, समुदायहरू एवं तिनका आआफ्नै संस्कृति पनि

‘लगानी विविधीकरण कोषको मुख्य एजेन्डा हो’

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

काठमाडौँ, असोज ९  गते ।  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका

सर्वोच्चले दिएन दुर्गा प्रसाईंलाई अन्तरिम आदेश

आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न