समाज

घुस लिंदै गर्दा कम्पनी रजिष्टारको कार्यालयका कम्प्युटर अपरेटर पक्राउ

  काठमाडौं, २९ मंसिर । कम्पनी रजिष्टारको कार्यालय, त्रिपुरेश्वरका कम्प्युटर अपरेटर पक्राउ परेका छन् । करार सेवामा कार्यरत कम्प्युटर अपरेटर पूर्णचन्द्र आत्रेयले कम्पनीमा कायम रहन आएका शेयरधनीहरुको शेयर लगत अभिलेख तथा कम्पनी अद्यावधिक गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस मागेको सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो । सेवाग्राहीसँग विभिन्न बहाना बनाई घुस […]

बेहुुली लिएर फर्किएको जिप दुुर्घटना, बेहुलाका आमा-बुवासहित ६ जनाको मृत्यु

  दाङ । बस र जीप ठोक्किँदा दाङमा ६ जनाको ज्यान गएको छ । चितवनको गितानगरबाट बुहारी लिएर फर्किंदै गरेका राप्ती सोनारी गाउँपालिका वडा नम्बर ८ का ५३ वर्षका मानबहादुर केसी, उहाँकी श्रीमती ४५ वर्षकी विमला खत्रीसहित अन्य ६ जनाको ज्यान गएको हो ।  छोराको बिहे गरी दुलही लिएर फर्किंदै गरेका बेला उहाँहरु चढेको स्कर्पियो जीप […]

पैसा अभावमा बच्चा गर्भवती महिलाको मृत्यु

   मंसिर २०,  उदयपुर / एक महिलाले ९ महिनासम्म शिशुलाई आफ्नो पेटमा बोकेकी हुन्छिन् । उनी त्यतिखेर बच्चाको लागि पोषणयुक्त खानेकुरा खान्छिन, बच्चाको राम्रोको लागि आराम गर्छिन, सम्पूर्ण तनावबाट मुक्त हुने कोशिश गर्छिन् । उनी र उनका श्रीमान् पेट भित्रको बच्चा कहिले बाहिर आउने दिनको पर्खाइमा रहन्छन् । बच्चा कस्तो होला स्वस्थ होला कि नहोला […]

किर्ते कागजातमा श्रीमतीलाई फसाएको भन्दै न्यायाधिशको घर अगाडी तनाब

मंसिर १९, काठमाडौं । सर्वोच्च अदालतका न्यायाधिश प्रकाशमान सिं राउतकी श्रीमती ललिताकुमारीले आफुले श्रीमानकै सल्लाहमा दाजुभाउजुको बच्चा एडप्ट (ग्रहण) गर्दा श्रीमानले उल्टै फसाएको आरोप लगाएकी छिन् । विवाह गरेको १५ वर्षसम्म पनि कुनै सन्तान नभएपछि श्रीमानकै निर्देशन अनुसार दाजुभाउजुबाट बच्चा ग्रहण (एडप्ट) गर्न कागजात बनाएर एडप्ट गर्दा श्रीमानले नक्कली कागजात बनाएको भन्दै आफुलाई घरबाट समेत निकाली […]

उपराष्ट्रपतिको कार्यालय अन्ततः लैनचौरस्थित समाज कल्याण परिषद्को भवनमा सर्ने पक्का

 मंसिर १७,      काठमाडौँ – उपराष्ट्रपतिको कार्यालय तथा निजी आवास अन्ततः लैनचौरस्थित समाज कल्याण परिषद्को भवनमा सर्ने पक्का भएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।  अन्यत्रै सर्न परिषद्का पदाधिकारी तथा कर्मचारी सहमत भएपछि उपराष्ट्रपतिको कार्यालय र आवास परिषद्को भवनमा सर्ने भएको हो । 

कञ्चनपुरमा फेरि अर्की १० वर्षीया बालिका बलात्कृत

कञ्चनपुर, १४ मंसिर : कञ्चनपुरको पुनर्वास नगरपालिका–१० सुकुम्बासी बस्तीकी १० वर्षीया बालिका बलात्कृत भएकी छिन्। स्थानीय ६९ वर्षीय वृद्ध ओमनाथ पौडेलबाट ती बालिका बलात्कृत भएकी हुन् । उनले खानेकुराको प्रलोभन देखाएर बालिकालाई बलात्कार गरेको खुल्न आएको प्रहरीले बताएको छ । स्थानीयबासीको उजुरीका आधारमा पौडेललाई प्रहरीले पक्राउ गरेको छ । पौडेललाई जबर्जस्ती करणी अभियोगमा मुद्दा दर्ता […]

निर्मलाको हत्यापछिका तीन महिनामा झन्डै ६ सय बलात्कार

काठमाडौं, मंसिर १३ : कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार–हत्यापछिका तीन महिनामा देशभर ५९० बलात्कारका घटना भएका छन्।  गृह मन्त्रालयले संघीय संसदको महिला तथा बालबालिका समितिमा प्रतिवेदन बुझाउँदै बलात्कार घटनाको डरलाग्दो तथ्यांक सार्वजनिक गरेको हो।  साउन, भदौ र असोज महिनामा ५९० वटा बलात्कारका घटना भएको गृहको प्रतिवेदनमा उल्लेख छ। गृहले सो प्रतिवेदन दुई दिनअघि […]

जीप दुर्घटनामा चारको मृत्यु

मंसिर १२,दुल्लु  : दैलेखको ठाँटीकाँध गाउँपालिकामा आज बिहान भएको जीप दुर्घटनामा परी ज्यान गुमाउनेको सङ्ख्या चार पुगेको छ । दुर्घटनामा परी दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो ।  घटनास्थलमै मृत्यु हुनेमा ठाँटीकाँध गाउँपालिका–१ का ३० वर्षीया निर्मल बम, वडा नं ३ का ४७ वर्षीया राजेन्द्रबहादुर शाही र ठाँटीकाँध गाउँपालिका–२ का सवारी चालक रमेश शाही रहेका […]

आग्लो प्रहार गरी श्रीमतीको हत्या

मङ्सिर ११,दोलखा : जिरी नगरपालिका–९ ठूलोपातल सल्लेका ३५ वर्षीय तस्वीर तामाङले ३७ वर्षीया श्रीमती राममायालाई आग्लो प्रहार गरी हत्या गरेका छन् ।  ठूलोपातलकै खोलाखर्क घुँडेस्थित माइतमा भाइको विवाहमा पुगेकी राममायालाई सोमबार साँझ श्रीमानले टाउको र अनुहारमा आग्लो प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।  हत्या गरेलगत्तै तामाङ फरार छन् […]

रेपको भिडियो देखाएर महिलामाथि सामुहिक बलात्कार

 भारतको पश्चिम बंगालमा जागिर दिने प्रलोभन देखाएर एक महिलाको सामुहिक बलात्कार गरिएको छ। ती महिलालाई जागिर दिने भन्दै एक व्युटी पार्लसमा बोलाइएको थियो जहाँ उनीमाथि सामुहिक बलात्कार मात्र गरिएन भिडियो पनि बनाइयो।  भिडियो बनाएपछि ती महिलालाई ब्याकमेल गर्दै बारम्बार सामुहिक बलात्कार गरिएको भारतीय संचारमाध्मले जनाएका छन्। शुक्रबार महिलाले आफ्ना परिवारका सदस्यलाई घटना बारे बताएपछि शुक्रबार […]

 

photo

NOC1-250x300