देश

नयाँ शक्तिको चुनावी प्रतिवद्धता : २५ बर्षमा प्रतिव्यक्ति आम्दानी १५ हजार डलर पुर्याउने

काठमाडौ, बैशाख १८ –नयाँ शक्ति पार्टी, नेपालले आफ्नो चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । नयाँ शक्तिले आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको प्रतिवद्धता पत्रमा आर्थिक बृद्धिलाई सवैभन्दा बढि जोड दिएको छ । उसले सार्वजनिक गरेको प्रतिवद्धता प्रत्रमा ५ वर्ष देखि २५ वर्षसम्मका योजना तयार गरेको छ । नयाँ शक्तिले २५ बर्षमा प्रतिव्यक्ति आम्दानी १५ […]

अन्तिम मतदाता नामावलीको सूची : हेर्नुस् तपाईको नाम छ कि छैन ?

 १७ बैशाख, काठमाडौं । निर्वाचन आयोगले आगामी बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका मतदाताको नामावली सार्वजनिक गरेको छ । आयोगका अनुसार १ करोड ४० लाख ५४ हजार ४५२ मतदाता छन् । जसमा पुरुष ७० हजार ६९ हजार ७१४, महिला ६९ हजार ८४ हजार ६२५ छन् भने तेस्रो लिङ्गी मतदाताको संख्या १४३ छन् । ०७३ […]

किन गए प्रधानमन्त्री शीतलनिवास ?

१७ बैशाख, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री प्रचण्डलाई शीतल निवास बोलाएकी छिन् । प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति भण्डारीवीच सोमबार बिहान ९ बजे भेट तय भएको शीतलनिवास स्रोतले जानकारी दियो ।   पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न राष्ट्रपतिले प्रधानमन्त्रीलाई बोलाएकी हुन् । प्रधानन्यायाधीश सुशीला कार्कीमाथि आइतबार संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता भएपछि यसको तरंग राष्ट्रपति […]

सुडान काण्डमा तीन पूर्व आईजीपीलाई जेल सजायँ

१७ बैशाख, काठमाडौं । सर्वोच्च अदालतले सुडान घोटाला काण्डमा नेपाल प्रहरीका तीन प्रमुखलाई जेल सजाय सुनाएको छ ।   संसदमा महाअभियोग प्रस्ताव दर्ता भएकै दिन प्रधानन्यायाधीश सुशीला कार्कीसहितको इजलासले सुडान काण्डमा फैसला सुनाएको हो । सर्वोच्चले विशेष अदालतले फैसलामा उल्टाउँदै पूर्व प्रहरी प्रमुख ओमविक्रम राणा, रमेशचन्द ठकुरी र हेमबहादुर गुरुङलाई दोषी ठहर गरेको हो । […]

गृहमन्त्री विमलेन्द्र निधिद्वारा राजीनामा

१७ बैशाख, काठमाडौं । गृहमन्त्री विमलेन्द्र निधिले पदबाट राजीनामा दिएका छन् । प्रधानन्यायाधीश सुशीला कार्कीलाई महाअभियोग लगाएको विषयमा असन्तुष्टि जनाउँदै मन्त्री निधिले राजीनामा दिएको स्रोतले बतायो । तर, मन्त्री निधिले महाअभियोग प्रकरणका कारणले भन्दा पनि आफ्नै पार्टीभित्रको अन्तरविरोधका कारण राजीनामा दिएको प्रधानमन्त्री कार्यालय स्रोतको दाबी छ ।   राजीनामा दिनुअघि मन्त्री निधिले मुख्य सचिव सोमलाल […]

तीनजना पूर्व आईजीपीलाई जेल सजायँ

१७ बैशाख, काठमाडौं । सर्वोच्च अदालतले सुडान घोटाला काण्डमा नेपाल प्रहरीका तीन प्रमुखलाई जेल सजाय सुनाएको छ ।   संसदमा महाअभियोग प्रस्ताव दर्ता भएकै दिन प्रधानन्यायाधीश सुशीला कार्कीसहितको इजलासले सुडान काण्डमा फैसला सुनाएको हो । सर्वोच्चले विशेष अदालतले फैसलामा उल्टाउँदै पूर्व प्रहरी प्रमुख ओमविक्रम राणा, रमेशचन्द ठकुरी र हेमबहादुर गुरुङलाई दोषी ठहर गरेको हो । पूर्व […]

काठमाडौं धुलोरहित बन्न चार महिना लाग्ने : राति–राति सडक पखाल्न दमकल

बैशाख १७, धुलोरहित काठमाडौं बन्न अझै चार महिना लाग्ने भएको छ । योजनाअनुसार काम अघि बढे अबको चार महिनापछि काठमाडौं धुलोरहित बन्ने काठमाडौं महानगरपालिकाले जनाएको छ । त्यसका लागि महानगरले धुलो तान्ने ब्रुमर खरिददेखि सडक पखाल्नेसम्मको योजना अघि बढाएको छ । सडक पखाल्ने काम भने सुरु भइसकेको छ । १० वटा ब्रुमर खरिद गरिने सडक पखाल्ने […]

किन भयो मध्यरातमा सत्तारुढ र मधेसी मोर्चाको संशोधन दर्ता ? (पूर्ण पाठसहित)

१६ बैशाख, काठमाडौं । संविधान संशोधन विधेयकमा सत्तारुढ दल र मधेसी मोर्चाको तर्फबाट संशोधन मध्यरातमा दर्ता भएको छ ।   संशोधन दर्ताका लागि दिएको समयको अन्तिम दिन अबेर मात्र सत्तारुढ दल र मधेसी मोर्चाका नेताहरु छलफलमा जुटेका थिए । र, राति अबेर १० बजे मात्र संशोधन संसद सचिवालयमा दर्ता गरेका छन् । सत्तारुढ दलले राखेको […]

बैशाख ३१ को चुनाव सार्नेबारे बालुवाटारमा बहस

१५ बैशाख, काठमाडौं । बैशाख ३१ मा हुने भनिएको पहिलो चरणको स्थानीय तह निर्वाचन हुन अब १६ दिन मात्रै बाँकी छ । तर, राजनीतिक दलहरु भने अझै पनि चुनाव एक चरणमा गर्ने कि दुई चरणमा भन्ने बहसमै अल्झिएका छन् । शुक्रबार बालुवाटारमा यस्तै छलफल भयो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार दिउँसो बोलाएको सर्वदलीय बैठकमा […]

सांसदमा तानातान :दुई तिहाईको खेल

बैशाख १५, काठमाडौं – संविधान संशोधनलगायतका विषयमा सहमति खोज्न आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सर्वदलीय बैठक बोलाएका छन् । वैठकमा संसदमा प्रतिनीधित्व गर्ने दलका नेताहरु सहभागी हुनेछन् । वैठक दिउँसो तीन बजे बालुवाटारमा बस्नेछ । संविधान संसोधन प्रस्ताव फास्ट ट्रयाकबाट पारित गराउने सरकारी तयारी भैरहदा प्रधानमन्त्रीले आमसहमति खोज्नका लागि सर्वदलीय वैठक बोलाएका हुन् । यद्यपी […]

 

photo

NOC1-250x300