संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्ने भएका छन्। दिउँसो १ बजे बस्ने बैठकलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने उनको निजी सचिवालयले जनाएको छ। गत बिहीबार नै प्रधानमन्त्रीले संसद्लाई सम्बोधन गर्ने भनिए पनि अन्तिम समयमा आएर स्थगित भएको थियो। आजको बैठकमा प्रधानमन्त्री ओलीले सरकारले अहिलेसम्म गरेका कामकारबाहीबारे जानकारी दिँदै नेपाल वायुसेवा निगमको […]

सञ्चलालको हत्या बम्जनको आश्रममै भएको हुनसक्ने आशंका

  २०७५ पुष २२   २१ पुस, सिन्धुपाल्चोक (बाँडेगाउँ) । तपस्वीका रुपमा चर्चामा आएका रामबहादुर बम्जनको आश्रममा छापा मारेको प्रहरीले मकवानपुरका सञ्चलाल वाइबाको हत्या भएको हुनसक्ने सुराक भेटाएको छ । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका-६ बाँडेगाउँको तोड्केमा रहेको बम्जनको आश्रममा जिल्ला प्रहरी कार्यालय र सीआइबीको सयुक्त टोलीले शुक्रबार मध्यान्ह छापा मारेको थियो । बम्जनको आश्रमलाई घेरा हाली अनुसन्धान सुरु गरेको थियो […]

स्थानीय तहले प्रगति विवरण केन्द्रमा नपठाउँदा ६ अर्ब वैदेशिक अनुदान रोकियो

पुस २२, काठमाडौँ – स्थानीय तहबाट शैक्षिक कार्यक्रमका प्रगति विवरण तयार नहुँदा कम्तीमा पाँच अर्ब रुपैयाँको वैदेशिक सहायता रोकिएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।  ससर्त अनुदानमा सञ्चालित विद्यालय क्षेत्र विकास कार्यक्रम (एसएसडिपी) को प्रगति विवरण स्थानीय तहले केन्द्रमा नपठाउँदा सहायता रोकिएको हो । संघीयता कार्यान्वयनसँगै शिक्षाको अधिकार स्थानीय तहमा गएको छ […]

वाइडबडी अनियमितताः सचिव राईलाई जोगाउन प्रधानमन्त्री ओलीनिकट सांसदको यस्तो खेल

  पुस २२,   काठमाडौँ – नेपाल वायुसेवा निगमको वाइडबडी विमान खरिद प्रक्रियामा जोडिएका सचिव प्रेम राईलाई ‘जोगाउने खेल’ सुरु भएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।  संघीय संसद्को सार्वजनिक लेखा समितिको शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीनिकट सांसदहरुले निगमका तत्कालीन सञ्चालक समिति अध्यक्ष एवं हालका गृहसचिव राई निर्दोष रहेको भन्दै प्रतिवेदनमा […]

जहाँ जाडोमा जल्छन् महिला

पुस २२,जनकपुरधाम – जाडोले बढी पिरोल्ने ठाउँ हो– तराई । यहीँ चल्छ शीतलहर पनि । यसबाट बच्न तराई–मधेसका गरिब बस्तीका बासिन्दा घुर( आगो) ताप्छन् । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।  प्रायः घरमा परालको आगोले जाडो धपाइन्छ । तर महिलाका लागि आगो काल बनिदिन्छ ।  जनकपुर अञ्चल अस्पतालको बर्न वार्डमा अहिले ६ जना […]

लाइसेन्समा अनियमितता गर्ने यातायातका प्रमुखसहित ११ कर्मचारीलाई जेल

  पुस २२,    काठमाडौँ – सवारीचालक अनुमतिपत्र ( लाइसेन्स) परीक्षामा अनियमितता गर्ने यातायात व्यवस्था कार्यालय भेरीका प्रमुखसहित ११ कर्मचारीलाई तीन महिना जेल सजाय तोकिएको छ ।  विशेष अदालतका न्यायाधीश बाबुराम रेग्मी, द्वारिकामान जोशी र रत्नबहादुर बागचन्दको इजलासले सबै कर्मचारीलाई भ्रष्टाचारी ठहर गर्दै जेल सजाय सुनाएको हो । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ । 

गाइडलाई ३० हजार अमेरिकी डलर पारिश्रमिक

  पुस २२,   काठमाडौँ – हिमालमा काम गर्ने पर्वतारोहण पथप्रदर्शकले ३० हजार अमेरिकी डलरसम्म पारिश्रमिक लिने गरेका छन् । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । यो हालको विनियम दरअनुसारको करिब ३३ लाख रुपैयाँ हो । आरोहीलाई शिखर चढाएर आधारशिविर झारेवापत् उनीहरुले वार्षिक ३३ लाख रुपैयाँ पारिश्रमिक लिने गरेका छन् ।  हिमालमा वर्षमा […]

आजको राशिफल, वि.सं. २०७५ पौष २२ गते आइतबार

आज वि.सं. २०७५ पौष २२ गते आइतबार तदनुसार ई. सं. २०१९ जनवरी ०६ तारिख, आजको चाडपर्व र उत्सव : तोल ल्होत्सार, आजको मूहुर्त : अग्निवास(होमादि), पौष शुक्लपक्षको प्रतिपदा तिथि, (अहोरात्र व्याप्त), पूर्वाषाढा नक्षत्र, साँझ ०५:२६ बजेसम्म, त्यसपछि उत्तराषाढा नक्षत्र, आजको चन्द्रमा धनु राशिमा, मध्यरात्रीपूर्व १२:०० बजेसम्म, त्यसपछि मकर राशिमा, व्याघात योग, मध्यरात्रीपछि ०२:५० बजेसम्म, त्यसपछि […]

बाथ : समयमै उपचार नगरे शरीरका धेरै अङ्गलाई असर पुर्‍याउन सक्छ

  पुस २१,   काठमाडौँ । सामान्यतयाः बाथलाई जोर्नीसम्बन्धी रोगको रुपमा मात्रै लिइन्छ । यो रोग लाग्नेको संख्या यति नै छ भन्ने तथ्याङ्क नभए पनि समस्यामा धेरै नागरिकहरु छन् । बाथले शरीरको रोग प्रतिरोधात्मक प्रणालीले शरीरको आफ्नै कोषिकालाई हानी पुर्याएको हुन्छ, जसले गर्दा बाथ रोग लाग्ने गर्दछ ।  बाथ रोगले शरीरको जोर्नी मात्र होइन, मांसपेशी, चर्म, […]

नेकपाको संगठन अझै अन्योल

  पुस २१,    काठमाडौँ – पार्टी एकता भएको झन्डै आठ महिना बितिसक्दा पनि नेकपाको पूर्ण सांगठनिक आकार तयार भएको छैन ।  झन्डै १५ दिन लामो स्थायी समिति बैठक भर्खरै सकियो । त्यसमा पार्टीको संगठन आकार तयार गर्नेभन्दा नेताका कार्यशैली र सरकारको कामकारबाहीबारे बढी बहस र विवाद भयो । अहिले नेकपाले केन्द्रदेखि प्रदेश र अधिकांश […]

 

photo

NOC1-250x300