स्वास्थ्य

श्वासप्रश्वास प्रभावकारी बनाउन थेरापी

काठमाडौँ, जेठ १९ गते । कोरोना सङ्क्रमणका कारण मानसिक, शारीरिक तथा श्वासप्रश्वासमा समस्या आए फिजियोथेरापी गर्न विज्ञहरूले सुझाव दिएका छन् । खासगरी कोरोना सङ्क्रमित व्यक्तिलाई श्वासप्रश्वासमा समस्या हुने भएकाले विभिन्न विधिबाट फिजियोथेरापी गरी सहज बनाउन सकिने उहाँहरूको भनाइ छ । धुलिखेल अस्पतालका फिजियोथेरापिस्ट काजल कुँवरले सङ्क्रमित व्यक्तिलाई श्वासप्रश्वाससम्बन्धी समस्या भए फिजियोथेरापी गर्न सुझाव दिनुभयो । सामान्य भाषामा थेरापीको अर्थ उपचार […]

उपत्यकामा थपिन सक्छ निषेधाज्ञा

काठमाडौँ, जेठ १८ गते । कोरोना सङ्क्रमणको दोस्रो लहर फैलिएसँगै यसको रोकथाम तथा नियन्त्रणका लागि काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी गरिएको एक महिना पुगेको छ । कोरोना सङ्क्रमणको अवस्था हेरेर जेठ अन्तिमसम्म निषेधाज्ञा थप्ने तयारीमा अधिकारीहरू लागेका छन् । काठमाडौँ, ललितपुर र भक्तपुर तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीले वैशाख १६ देखि उपत्यकामा निषेधाज्ञा जारी गरेका हुन् । […]

मदिरा, चुरोट तथा सूर्तिजन्य पदार्थमा कर बढ्याे

काठमाडौं, जेठ १६ः शनिबार प्रस्तुत बजेटमा सरकारले चुरोट, मदिरा तथा सूर्तिजन्य पदार्थमा कर बढाएको छ । आगामी आर्थिक वर्षको बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णु पौडेलले मदिरा, चुरोट तथा सूर्तिजन्य पदार्थको कर बढेको जानकारी दिएका छन् । मन्त्री पाैडेलले जनस्वास्थ्यमा असर गर्ने मदिरा, चुरोट तथा सूर्तिजन्य पदार्थको कर बढाइएको बताए पनि कति बढाइयो भन्ने जानकारी भने […]

आगामी १७ पुससम्म २ करोड १७ लाख नागरिकलाई खोप

काठमाडौं,जेठ १५, सरकारले आगामी १७ पुससम्म लक्षित समूह २ करोड १७ लाख नागरिकलाई खोप लगाइसक्ने योजना बनाएको छ । स्वास्थ्य मन्त्रालयले तयार पारेको कोभिड–१९ खोपका लागि लक्षित समूहको प्राथमिकीकरणमा २ करोड १७ लाख ५६ हजार ७ सय ६३ जनालाई खोप लगाउनुपर्ने देखिएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले २० जेठसम्म चीन सरकारले अनुदानमा दिने भनेको १० […]

कोरोना महामारीविरुद्ध एकजुट भएर लड्न चिनियाँ नेताकाे सुझाव

काठमाडौं, जेठ १३ः चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)अन्तर्गत अन्तर्राष्ट्रिय विभाग र नेपालका विभिन्न राजनीतिक पार्टी नेताबीच भर्चुअल बैठक भएको छ । नेपाल कारोना महामारी दोस्रो लहरसँग जुधिरहेका बेला दुई देशका पार्टीबीच छलफल भएको हो । नेपालका नेताले चीनको सहयोगका लागि ‘धन्यवाद’ दिँदै थप सहयोग अपेक्षा गरेका छन् । चीनले कोरोना महामारी नियन्त्रणमा प्राप्त सफलताको प्रशंसा गर्दै […]

सरकारले महामारी रोक्न निषेधाज्ञालाई बनायो निर्विकल्प अस्त्र

काठमाडौं,जेठ १२, सरकारले महामारी नियन्त्रण गर्न संक्रमित पहिचान, उपचार, सीमा नियमन र खोप व्यवस्थापन गर्नुको साटो निषेधाज्ञालाई मात्र जोड दिएको छ । खोटाङ र मनाङबाहेक ७५ जिल्लामा स्थानीय प्रशासनको आदेशमा नागरिकको आवागमन नियन्त्रण र अत्यावश्यकबाहेकका सेवा ठप्प पारिएको छ । सरकारले निषेधाज्ञा चरणबद्ध रूपमा लम्ब्याउँदै गए पनि नयाँ संक्रमित फेला पर्ने र मृत्यु हुने दरमा […]

अमेरिका र बेलायतबाट एक करोड डोज भ्याक्सिन ल्याइने

जेठ ११, काठमाडौं । कोभिड रोकथाम, नियन्त्रण र उपचारका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको निरन्तर क्रियाशिलतासँगै विभिन्न देशबाट सहयोग आउने क्रम बढेको छ । मुख्य सचिव शंकरदास वैरागीको सक्रियतामा सरकारको प्रशासनिक निकायले कोभिड नियन्त्रणमा प्रभावकारी भूमिका खेलिरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । सोहीअनुसार सरकारले अमेरिका र बेलायतबाट १ करोड डोज भ्याक्सिन ल्याउने गृहकार्य […]

सरकारले वीर अस्पताललाई कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालका रुपमा सञ्चालन गर्ने

काठमाडौँ, जेठ ७ गते । सरकारले वीर अस्पताललाई कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालका रुपमा सञ्चालन गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार जारी गरेको कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश–२०७८ बाट सरकारले त्यलाई कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालका रुपमा बनाउने भएको हो ।  केन्द्रीय अस्पतालका प्रमुख प्रशासकीय अधिकारीका रुपमा निजामती सेवाको राजपत्राङ्कित प्रथम श्रेणी वा स्वास्थ्य सेवाको कम्तीमा […]

रेम्डिसिभिर अब नेपालमै

काठमाडौ,जेठ ६, कोरोना उपचारका लागि प्रयोग हुने रेम्डिसिभिर औषधि नेपालमै उत्पादन हुने भएको छ । औषधि व्यवस्था विभागले वीरगञ्जस्थित नेसनल हेल्थकेयरलाई रेम्डिसिभिर औषधि उत्पादन गर्नका लागि अनुमति दिएको छ ।  औषधि व्यवस्था विभागका व्यवस्थापक तथा प्रवक्ता सन्तोष केसीले रेम्डिसिभिर उत्पादनका लागि नेसनल हेल्थकेयरलाई अनुमति दिएको जानकारी दिए।   यो समाचार आजको गोरखापत्र दैनिकमा छ । 

अमेरिकाको सिनेटमा नेपालको कोरोना भाइरसको असरका बारेमा छलफल

प्रकाशित मिति : ३० बैशाख २०७८, – मधुकर अधिकारी, वासिङ्टन डिसी, ३० वैशाख: अमेरिकी सिनेटअन्तर्गतको वैदेशिक मामिला समितिमा बुधबार नेपालमा कोरोना भाइरसले पारेको असरका बारेमा छलफल भएको छ । कोभिड–१९ महामारी र अमेरिकाको अन्तर्राष्ट्रिय ‘रेसपोन्स’का बारेमा भएको सुनुवाइ कार्यक्रममा कनेक्टिकट राज्यबाट अमेरिकाको सिनेटमा प्रतिनिधित्व गर्नुहुने सिनेटर क्रिस मुर्फेले नेपाल लक्षित भएर जिज्ञासा राख्नुभएको थियो । […]

 

photo

NOC1-250x300