प्रधानमन्त्री देउवा मतदान गर्न भोलि डडेलधुरा जाने
वैशाख २९, कैलाली: नेपाली कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा भोलि मतदान गर्न डडेलधुरा जाने भएका छन् । २५ गते धनगढी आएका देउवा डडेलधुरा पुगेर फेरी आज धनगढी फर्किएका थिए । उनी भोलि मतदान गर्न डडेलधुरा जाने कार्यक्रम रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए । उनले गन्यापधुरा गाउँपालिकाको […]