२४ सै घण्टा उज्यालो बनाउने योजना कार्यन्वयन गराउँछु : जवेगु

shree-jabegoo१८ भाद्र, पाँचथर । संघिय मामिला तथा स्थानीय विकास राज्यमन्त्री श्रीप्रसाद जवेगुले फिदिम नगरपालिकालाई २४ सै घण्टा उज्यालो बनाउने योजना कार्यन्वयनमा ल्याउने घोषणा गरेका छन ।

गृह जिल्ला पाँचथरमा प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै जवेगुले मन्त्रालय र सांसद विकास कोषसँगै नगरपालिकाका कार्यक्रममा समाबेश गर्दै फिदिम उज्यालो कार्यक्रम सञ्चालनमा ल्याउने घोषणा गरेका हुन ।

मन्त्रालयले प्रत्येक नगरपालिकामा सडक ढल र पुन निर्माणमा खर्च गर्नेगरी ९२ लाख १६ हजारका दरले रकम विनियोजन गरिसकेको हुँदा प्रत्येक नगरपालिकाले निर्धारित समयमै काम सक्ने नगरपालिकाले थप एक करोडका दरले अनुदान पाउने उनले बताए । फिदिमलाई उज्यालो बनाउने कार्यक्रम अन्तरगत सौर्य सडक वत्ति जडानका लागि योजना पेश गर्न स्थानीय निकायसँग छलफल सुरु गरिएको राज्यमन्त्री जबेगुले बताए ।

 

photo

NOC1-250x300