मन्त्री बन्ने दौढधुपमा नेताहरु ठुलाका मुलढोका चाहार्दै

काठमाडौं, १२ असोज । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली अर्का अध्यक्ष पुष्पकमल दाहालबीच मन्त्रीमण्डल फेरबदललाई लिएर पटक पटक वार्ता भइरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार र सोमबार भएका विभिन्न छलफलपछि पनि अध्यक्षद्वयबीच कुनै ठोस सहमति बन्न सकेको छैन । नेकपाका अध्यक्ष प्राण्डले उपाध्यक्ष तथा केहीदिनअघि मात्रै राष्ट्रिय सभा सदस्यमा मनोनित वामदेव गौतमलाई मन्त्री बनाउन ताहेका छन् ।

स्रोतका अनुसार  स्रोतका अनुसार पार्टी महासचिव विष्णु पौडेल, स्थायी समिति सदस्यहरु भिम रावल, बेदुराम भुसाल, पम्फा भुसाल, सुरेन्द्र पाण्डे, सुवास नेम्वाङ, जनार्दन शर्मा, हरिबोल गजुरेल, देवेनद्र पौडेल, सोम प्रसाद पाण्डे, प्रभु साह, विरोध खतिवडा, गणेश ठगुन्ना र गोपी अछामीलाई मन्त्री बनाउने विषयमा छलफल चलेको छ ।

प्रधानमन्त्री ओली  संकटमा साथ दिने आफु निकटस्थ बादल र ईश्वर पोखरेललाई पोर्टफूलियो परिवर्तन गरेर आफुसँगै राख्न चाहन्छन् । उच्च स्रोतका अनुसार प्रचण्डले जनार्दन शर्मालाई गृहमन्त्री बनाउन दबाव दिएका छन् । त्यस्तै सुचना तथा संचार मन्त्रालयको जिम्मेवारी पनि पूर्व माओवादी पाउनुपर्ने अडान छ ।

 

photo

NOC1-250x300