एमालेले संविधान संशोधनको विधेयकमा सहयोग नगरे राष्ट्रघातीमा दर्ज हुने

Capture-55काठमाडौं, १४ फागुन । उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिले एमालेले संविधान संशोधनको विधेयकमा सहयोग गर्ने दाबी गरेका छन् ।

 नेपाली रेडियो नेटवर्कमा शनिबार बिहान पत्रकार ऋषि धमलासँग कुरागर्दै गृहमन्त्री निधिले भने, ‘एमालेले पनि संशोधन विधेयकमा मतदान गर्छ । मलाई विश्वास छ । होइन भने एमालेलाई जनताले चिन्छन् ।’

उनले भने, ‘एमालेले संविधान संशोधन विधेयक दर्ता गर्न पनि दिँदैन भन्यो । टेबुल हुन दिन्न पनि भनेको थियो । तर, दियो त ! अब समर्थन पनि गर्छ । छलफल पनि गर्न दिएको छ ।’

गृहमन्त्री निधिले एमालेले संशोधन विधेयकमा अवरोध गरे उसको राष्ट्रघाती चरित्र बाहिर आउने आरोप लगाए । उनले भने, ‘संशोधन विधेयक पारित गर्न दिएन भने एमाले पार्टी पक्का ‘राष्ट्रघाती’ हो । एमालेका काम देशको हितमा छैन ।’

संशोधन विधेयकमा सीमाङ्कन बाहेकका विषय परिमार्जन हुने निधिले बताए । ‘संशोधनमा रहेको सीमाङ्कनको कुरा हेरफेर हुँदैन’, उनले भने, ‘भाषा र नागरिकतामा संशोधन हुन्छ । मधेसी मोर्चाले भनेअनुसार परिमार्जन गर्ने छौँ ।’

गृहमन्त्री निधिले नागरिकको प्रावधान अझै सजिलो हुने गरेर राखिने बताए । हिन्दी भाषालाई पनि बोलिचालिको भाषाका रुपमा मान्यता दिइने उनको दाबी थियो ।

मधेसी मोर्चाले स्थानीय निर्वाचनको मिति खारेज गर्न माग गरेका छन् नि ? भन्ने प्रश्नमा गृहमन्त्री निधिले भने, ‘मधेसी मोर्चा चुनावमा जान्छ । मैले सबै नेतासँग कुरा गरेको छु ।’

कांग्रेस र माओवादी केन्द्रबीच भएको सहमतिअनुसार शेरबहादुर देउवा छिट्टै प्रधानमन्त्री बन्ने उनको भनाइ थियो । निधिले भने, ‘स्थानीय चुनाव प्रचण्डले गर्ने हो । त्यसपछि देउवा प्रधानमन्त्री बन्ने सहमति भएको छ ।’

कांग्रेसको पदाधिकारी नियुक्ति तपाईका कारण अलपत्र परेको छ रे नि ? भन्ने प्रश्नमा निधिले भने, ‘यो विषयमा म बोल्न चाहँदिन । पार्टीको विषयमा मेरो ध्यान गएको छैन । निर्वाचन र संविधान संशोधनमा मात्रै मेरो ध्यान छ ।’

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

प्रधानमन्त्री प्रचण्डद्धारा लैनचौरमा रहेको सहिद स्मारकमा पुष्पगुच्छा अर्पण

१६ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहिद दिवसको अवसरमा लैनचौरमा रहेको सहिद स्मारक

राष्ट्रपतिद्वारा सहिदप्रति श्रद्धाञ्जली अर्पण

१६ माघ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सहिद दिवस, २०७९ को अवसरमा नागरिक स्वतन्त्रता, लोकतन्त्रको

अमर शहीद धर्मभक्त बारे केही कुरा

  १६ माघ,काठमाडौं । वि.सं. १९९७ साल माघ ११ गते बिहान काठमाडौं शहरबाट पशुपतिको दर्शन

अभिनेत्री तथा मोडल एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश

१४ माघ, काठमाडौं । अभिनेत्री तथा मोडल एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी छिन

एमाले अध्यक्ष ओली र प्रधानमन्त्री प्रचण्डको बालुवाटारमा भेटवार्ता

१३ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री

देशभर विद्याकी देवी सरस्वतीको पूजा आराधना गरिँदै

१२ माघ, काठमाडौं । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीकै दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी