१२, काठमाडौं । पूर्व मन्त्री तथा जनजाति आन्दोलनका नेता गोरेबहादुर खपाङ्गीको गएराति निधन भएको छ । न्यूरो अस्पताल बाँसबारीमा उपचारको क्रममा हिजो राति १० बजेर २२ मिनेटमा उनको निधन भएको आईफाका महासचिव सञ्जोग लाफा मगरले जानकारी दिए ।
नेपाल अन्तर्राष्ट्रिय अन्तर्राष्ट्रिय आदिवासी जनजाति चलचित्र महोत्सवमा सहभागी हुन जाने क्रममा राष्ट्रिय सभागृह अगाडि २०७० बैशाख १२ गते मोटरसाइकलले ठक्कर दिएपछि उनी लगातार उपचार गराइरहेका थिए । ठक्करले उनको टाउकोमा चोट लागेको थियो । उपचारको लागि उनलाई सिंगापुरसमेत लगिएको थियो ।
२००३ साउन २५ मा उदयपुरको थाक्लेमा जन्मिएका खपाङ्गीको परिवार महोत्तरीको रामनगरमा बसाईं सरी आएको थियो । हाल उनको परिवार ललितपुरको नख्खुमा डेरा गरी बसेको छ । उनको २ छोरा र २ छोरी छन् ।
२०५९ मा तत्कालिन राजा ज्ञानेन्द्रको मन्त्रिमण्डलमा खपाङ्गी महिला बालबालिका तथा समाज कल्याण मन्त्री भएका थिए । जनजातिहरुले दशैं मनाउन नहुँदै तर्क गर्दै आएका खपाङ्गीले त्यही समयमा राजाको हातबाट दशैंको टीका थापेको दृश्य सार्वजनिक भएपछि उनी विवादमा तानिएका थिए ।
१६ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहिद दिवसको अवसरमा लैनचौरमा रहेको सहिद स्मारक
१६ माघ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सहिद दिवस, २०७९ को अवसरमा नागरिक स्वतन्त्रता, लोकतन्त्रको
१४ माघ, काठमाडौं । अभिनेत्री तथा मोडल एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी छिन
१३ माघ, काठमाडौं । चर्चित लोक तथा दोहोरी गाएक भीम पौडेलको निधन भएको छ ।
१३ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री
१२ माघ, काठमाडौं । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीकै दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी