उद्योग स्थानान्तरणमा सर्वोच्चको परमादेश, ६० भन्दा बढी उद्योग प्रभावित

काठमाडौं/भैरहवा, भदौ १३ गते।
सर्वोच्च अदालतले लुम्बिनी क्षेत्रको प्रदूषण नियन्त्रण र धार्मिक–सांस्कृतिक सम्पदा संरक्षणका लागि दुई वर्षभित्र उद्योग स्थानान्तरण वा बन्द गर्न परमादेश जारी गरेको छ। आदेशका कारण सिमेन्ट, इँटा, स्टिल, स्न्याक्स, कागज, प्लाइबोर्डसहितका ६० भन्दा बढी उद्योग प्रभावित हुने भएका छन्।

न्यायाधीश कुमार रेग्मी र सुनीलकुमार पोखरेलको संयुक्त इजलासले वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मालगायतको रिटमाथि सुनुवाइ गर्दै बुधबार लुम्बिनी क्षेत्रमा दीर्घकालीन संरक्षण सुनिश्चित गर्न आदेश जारी गरेको हो। अदालतले दक्षिणतर्फको भारतीय सीमा, पूर्व–पश्चिम र उत्तर पर्खालदेखि १५ किलोमिटर दूरीभित्र र लुम्बिनी–भैरहवा कोरिडोर सडक दायाँबायाँ ८०० मिटर क्षेत्रमा कार्बन उत्सर्जन गर्ने नयाँ उद्योग खोल्न प्रतिबन्ध लगाएको छ।

उद्योग विभागका अनुसार रुपन्देहीमा साना–ठूला गरी एक सयभन्दा बढी उद्योग दर्ता छन्। एकैपटक ठूलो संख्यामा उद्योग सार्नुपर्ने आदेशलाई लगानीकर्ताले जोखिमपूर्ण भन्दै आपत्ति जनाएका छन्। सिद्धार्थनगर उद्योग वाणिज्य सङ्घका अनुसार सो क्षेत्रमा करिब ७० अर्ब रुपियाँको लगानी छ र करिब १० हजार श्रमिक कार्यरत छन्। उद्योग विस्थापन हुँदा रोजगारी संकट उत्पन्न हुने चेतावनी व्यवसायीहरूले दिएका छन्।

नेपाल अम्बुजा सिमेन्टका प्रबन्धक अप्रीत अग्रवालले उद्योग तत्काल स्थानान्तरण असम्भव भएको दाबी गर्नुभयो। त्यस्तै अर्घाखाँची सिमेन्टका महाप्रबन्धक राजेश अग्रवालले उचित क्षतिपूर्ति र जग्गा उपलब्ध नगराइ उद्योग सार्न नसकिने बताए। सिद्धार्थ ग्रुपका प्रबन्धक रोहित अग्रवालले पनि सरकारलाई क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन्।

युनेस्कोले लुम्बिनी क्षेत्रलाई प्रदूषणका कारण विश्व सम्पदा सूचीबाट हटाउने चेतावनी दिँदै आएको छ। हालै मात्रै सो चेतावनीलाई एक वर्षका लागि स्थगित गरिएको थियो। अध्ययनहरूले लुम्बिनी क्षेत्रमा साना धुलोका कण (PM 2.5) नेपाल सरकारको मापदण्डभन्दा सात गुणा र विश्व स्वास्थ्य संगठनको मापदण्डभन्दा ११ गुणा बढी रहेको देखाएका छन्।

मुद्दामा विपक्षी बनाइएका प्रमुख उद्योगहरू:

  • सुप्रिम सिमेन्ट प्रालि

  • जगदम्बा सिमेन्ट प्रालि

  • गोयन्का सिमेन्ट प्रालि

  • अम्बे स्टिल प्रालि

  • रिलायन्स सिमेन्ट प्रालि

  • सिद्धार्थ सिमेन्ट प्रालि

  • ब्रिज सिमेन्ट प्रालि

  • अग्नि सिमेन्ट इन्डस्ट्रिज प्रालि

  • कैलाश सिमेन्ट प्रालि

  • विशाल सिमेन्ट प्रालि

  • श्रीराम सिमेन्ट प्रालि

  • अर्घाखाँची सिमेन्ट प्रालि

  • नेपाल अम्बुजा सिमेन्ट प्रालि

  • श्याम प्लाइउड प्रालि

  • हिमालयन स्न्याक्स एन्ड नुडल्स प्रालि

  • सिद्धार्थ आयल इन्डस्ट्रिज

  • रिलायन्स पेपर मिल्स प्रालि

  • गोयन्का स्टिल प्रालि

सर्वोच्चको परमादेशले लुम्बिनी क्षेत्रमा नयाँ उद्योग स्थापना पूर्णतः रोकिएको छ। प्रभावित उद्योगहरूको स्थानान्तरण, क्षतिपूर्ति र रोजगारी संरक्षणलाई लिएर आगामी दिनमा सरकार, लगानीकर्ता र श्रमिकबीच ठूलो विवाद उत्पन्न हुने देखिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

एमाले अध्यक्ष ओली मतदातासँगको भेटघाटमा सक्रिय

फाल्गुन ४, दमक ।  केपी शर्मा ओली नेतृत्वको नेकपा एमाले का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री ओली

माओवादी १२० सिटबाट खुम्चिएर २–३ सिटमा सीमित भयो, अहिले पार्टी नै रहेन : जनार्दन शर्मा

फागुन १,काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले तत्कालीन माओवादी केन्द्रभित्र आफ्नो आवाज सुन्ने

शुभेच्छुकको भीड छिचोल्दै पूर्वराजा शाह विमानस्थलबाट निर्मल निवासतर्फ

शुक्रबार, फागुन १,  काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट काठमाडौं आइपुगेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा

फागुन ३ गतेभित्र घोषणापत्र बुझाउन निर्वाचन आयोगको आग्रह

काठमाडौं, माघ २९ निर्वाचन आयोगले प्रत्यक्ष निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरूलाई आगामी फागुन ३ गतेभित्र आफ्नो निर्वाचन

सफल जीवन बीमा अभिकर्ता बन्ने कला

  अधिवक्ता तारा निधि पन्त जीवन बीमा अभिकर्ता बन्नु केवल आम्दानीको स्रोत मात्र होइन, समाजका व्यक्तिहरूलाई

व्यक्तिगत डाटा संरक्षण कानुन नहुँदा चोरी र दुरुपयोग बढ्दै

 माघ २० , काठमाडौं। नेपालमा व्यक्तिगत डाटा संरक्षणसम्बन्धी स्पष्ट कानुन र प्रभावकारी नियमन नहुँदा डाटा