४ चैत,काठमाडौं । राप्रपा नेपाल निकट राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन नेपालको केन्द्रीय कार्य समितिको बैठक काठमाडौंमा सम्पन्न भएको छ । संगठनका अध्यक्ष सुनिता कुरुम्वाङको अध्यक्षतामा सम्पन्न सो बैठकले किसानलाई प्रत्यक्ष असर पर्नेगरी रासायनिक मलमा दिइदै आएको अनुदान कटौति गर्ने सरकारको निर्णयको विरोध गर्दै तत्काल पहिलेकै अवस्थामा अनुदान उपलब्ध गराई समयमै कृषकहरुलाई पर्याप्त मलबिउ वितरण गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ । पछिल्लो अवस्थामा देशको अर्थतन्त्र नियमित रुपमा ओरालो लागेको, बैक तथा सहकारी संस्थाहरुमा नगद अभावको कारण देखाई बचतकर्ताहरुको रकम फिर्ता दिन नसक्ने अवस्था सिर्जना हुँदा समेत सरकार मुकदर्शक भएर बस्नु दुर्भाग्य भएको भन्दै देशको अर्थतन्त्र बलियो बनाउन यथाशिघ्र उचित कदम चाल्न सरकारको ध्यानाकर्षण गराउँदै बढ्दै गएको चरम महँगी, भ्रष्टाचार नियन्त्रण गर्न सम्बन्धित पक्षसँग जोडदार माग गर्ने बैठकले निर्णय गरेको छ ।
संगठनलाई सुदृढिकरण गर्दै वडा तहसम्म संगठन विस्तार गर्न राप्रमसं नेपालका केन्द्रीय सदस्यहरुलाई जिम्मेवारी दिदै सो बैठकले बढ्दो महँगी, भ्रष्टाचार, जवर्जस्ती धर्म परिवर्तन गराउने लहर लगायतका विरुद्ध चाँडै सडक संघर्षका कार्यक्रम सार्वजनिक गर्ने निर्णय समेत गरेको छ ।
बैठकमा राप्रपा नेपालका अध्यक्ष कमल थापाले समसामयिक राजनीतिक परिस्थिती, पार्टीको भावी कार्यदिशाका बारेमा प्रशिक्षण समेत दिएका थिए । सो अवसरमा विभिन्न पार्टी परित्याग गरि राप्रपा नेपालमा प्रवेश गरेका दर्जनौं महिलाहरुलाई अध्यक्ष थापाले पार्टीमा स्वायत गरेका थिए ।
९ चैत,काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले सत्ता गठबन्धनका दलहरुलाई सरकारमा सम्मानजनक सहभागिता गराउन
९ चैत,काठमाडौं। नेपालको सार्वजनिक ऋण २० खर्ब ८० अर्ब रूपैयाँ पुगेको छ। फागुनमा मात्रै १०
९ चैत,काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले पत्रकार र सबै प्रकारका सञ्चार माध्यमहरुको पेशागत तथा भौतिक
काठमाडौं । सुरतको तल्लो अदालतले आपराधिक मानहानि मुद्दामा कांग्रेस नेता राहुल गान्धीलाई दुई वर्षको जेल
९ चैत,काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले एमाले बलियो प्रतिपक्षीका रूपमा उभिएकाले पार्टी सङ्गठन
९ चैत,काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई नागरिकलाई नतर्साउन आग्रह गरेका