२ चैत, काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग टूको अन्तिम खेलमा नेपालले आज यूएईसँग खेल्दैछ।
खेल त्रिवि मैदानमा बिहान साढे ९ बजे सुरु हुनेछ। नेपालले सीधै विश्वकप ग्लोबल क्वालिफायर्स खेल्ने या प्लेअफ, भविष्य निर्धारण यो खेलले गर्नेछ।
यूएईविरुद्ध जित निकाले नेपाल लिग टूको शीर्ष तीनमा अटाउँदै जिम्बाबेमा हुने ग्लोबल छनोटमा सहभागी हुन पाउनेछ। त्यसैले नेपालको अन्तिम लक्ष्य जित नै हुनेछ। नतिजा यूएईको पक्षमा गए नेपाल चौथो स्थानमा यथावत् रहँदै नामिबियामा हुने प्लेअफका लागि जानुपर्नेछ।नेपाल पराजित हुँदाको फाइदा नामिबियाले उठाउनेछ, किनकि नामिबियाले शीर्ष तीन कब्जा गर्नेछ। नेपालको अन्तिम खेल खेल्नुअघि ३८ अंक छ भने नामिबियाले ३६ खेलमा ३९ अंक बनाएको छ। नामिबियाले १९ र नेपालले १८ खेलमा मात्र जित हात पारेका कारण अंक बराबरी भए पनि नेट रनरेटका आधारमा नाबिया जाने हो। जारी सिरिजमा नेपाल अपराजित छ। अघिल्लो खेलमा नेपालले यूएईलाई १७७ रनको कीर्तिमानी रनअन्तरले पराजित गर्दै एकदिवसीय मान्यतालाई २०२७ सम्म निरन्तरता दिन सफल भएको थियो।
नेपालका सन्दीप लामिछानेले ५ विकेट लिएका थिए। आज दुई विकेट लिए सन्दीपले ओडीआईमा सर्वाधिक छिटो ४१ खेलमा एक सय विकेट लिने खेलाडीको विश्व कीर्तिमान बनाउनेछन्।
९ चैत,काठमाडौं। नेपालको सार्वजनिक ऋण २० खर्ब ८० अर्ब रूपैयाँ पुगेको छ। फागुनमा मात्रै १०
९ चैत,काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले पत्रकार र सबै प्रकारका सञ्चार माध्यमहरुको पेशागत तथा भौतिक
काठमाडौं । सुरतको तल्लो अदालतले आपराधिक मानहानि मुद्दामा कांग्रेस नेता राहुल गान्धीलाई दुई वर्षको जेल
९ चैत,काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले एमाले बलियो प्रतिपक्षीका रूपमा उभिएकाले पार्टी सङ्गठन
९ चैत,काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई नागरिकलाई नतर्साउन आग्रह गरेका
९ चैत,काठमाडौँ । मानव तस्करीका गिरोहले दुबईमा बेचिएकी नेपाली चेलीको उद्दार गरिएको छ । सुर्खेतको