उपराष्ट्रपतिका लागि ४ जना उम्मेदवार, कसैको पनि फिर्ता भएन उम्मेदवारी

२८ फागुन,काठमाडौं । निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचनका लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ।

उम्मेदवारी फिर्ताका लागि दिएको निर्धारित समयमा कोही कसैले पनि उम्मेदवारी फिर्ता नलिएपछि आयोगले चारैजनाको नाम अन्तिम नामावलीमा राखेको छ।

उपराष्ट्रपतिका लागि सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा) बाट दुईजना र जनमत पार्टीबाट एक गरी तीनजना भिड्ने भएका छन्। त्यसैगरी, विपक्ष दल नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य उम्मेदवार छिन्।

त्यस्तै, जनमत पार्टीकी ममता झा, जसपाका रामसहायप्रसाद यादव र प्रमिला कुमारीले दिएको उम्मेदवारी कायम राखेको हो। उपराष्ट्रपति चयनका लागि चैत ३ गते मतदान हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सरकारमा सम्मानजनक सहभागिता गराउन लोसपाको माग

९ चैत,काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले सत्ता गठबन्धनका दलहरुलाई सरकारमा सम्मानजनक सहभागिता गराउन

नेपालको सार्वजनिक ऋण २० खर्ब ८० अर्ब रुपैयाँ : फागुनमा मात्रै १० अर्ब रूपैयाँ ऋण

९ चैत,काठमाडौं। नेपालको सार्वजनिक ऋण २० खर्ब ८० अर्ब रूपैयाँ पुगेको छ। फागुनमा मात्रै १०

स्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गर्ने प्रधानमन्त्री दाहालको घोषणा

९ चैत,काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले पत्रकार र सबै प्रकारका सञ्चार माध्यमहरुको पेशागत तथा भौतिक

मानहानि मुद्दामा राहुल गान्धीलाई दुई वर्षको जेल सजाय

काठमाडौं । सुरतको तल्लो अदालतले आपराधिक मानहानि मुद्दामा कांग्रेस नेता राहुल गान्धीलाई दुई वर्षको जेल

एमाले बलियो प्रतिपक्षीका रूपमा उभिएको छ : महासचिव पोखरेल

९ चैत,काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले एमाले बलियो प्रतिपक्षीका रूपमा उभिएकाले पार्टी सङ्गठन

प्रधानमन्त्री दाहाललाई गगन थापाको आग्रह- नागरिकलाई नतर्साउनुस्

९ चैत,काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई नागरिकलाई नतर्साउन आग्रह गरेका