लोकप्रिया पुरस्कारको घोषणा

२४ फागुन , काठमाडौं । साहित्यिक पत्रकार संघले २०६४ देखि २०७९ सालसम्मको “लोकप्रिया पुरस्कार” घोषणा गरेको छ । आज ११३ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर संघले गरेको निर्णय अनुसार प्रा.डा. उषा ठाकुर २०६४, सुशीला भण्डारी २०६५, रन्जुश्री पराजुली २०६६, प्राज्ञ उन्नती बोहरा “शीला” २०६७, गोमा शर्मा २०६८ गुहावटी, रुकु कार्की २०६९, बेटी बज्राचार्य २०७० – (२००७), जलेश्वरी श्रेष्ठ २०७१, पूनम काफ्ले २०७२ अमेरिका, गङ्गा कसजु २०७३, डा. ज्ञानु पाण्डे २०७४, सुशीला देउजा २०७५, गीता क्षेत्री २०७६ दार्जीलिङ, वीणा हाङ्खिम २०७७ दार्जीलिङ , डा. पुष्पा शर्मा २०७८ सिक्किम र लतिका जोशी २०७९ सिलगढी रहेका छन् ।

सो निर्णय संघका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले गरेको हो । सो पुरस्कारका लागि साहित्यकारहरु नरेन्द्रबहादुर श्रेष्ठ (संयोजक), सदस्यहरु पद्यावती सिंह र पारश नेपाल रहेको सिफारिस समितिले सिफारिस गरेको थियो ।

वि. सं. २०४४ सालमा महाकवि लक्ष्मीप्रसाद देवकोटाकी दिदी साहित्यकार लोकप्रियाको नाममा साहित्यकार शशी रिमालले गरेकी हुन् । नगद तीन हजार एकसय राशी रहेको “लोकप्रिया पुरस्कार”बाट यसअगि साहित्यकारहरु लक्ष्मीराजदेवी राजभण्डारी र
प्रा.डा. गार्गी शर्मालाई प्रदान गरिने संघले घोषणा गरिसकेको छ ।

यसअगि यस पुरस्कारबाट साहित्यकारहरु गोमा शर्मा, छिन्नलता (रमोलादेवी शाह), लख्खीदेवी सुन्दास (दार्जीलिङ), मोतीलक्ष्मी उपासिका, डा. वानीरा गिरी, रमा शर्मा, गीता केशरी, देवकुमारी थापा, शान्ता श्रेष्ठ, चन्द्रकला नेवार, हिरण्यकुमारी पाठक, भुवन ढुंगाना, अनीता तुलाधर, उषा शेरचन, सीता पाण्डे, राधिका राय, रेवतीराज भण्डारी र पीताम्बरा शर्मा पीयूष सम्मानित भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको सार्वजनिक ऋण २० खर्ब ८० अर्ब रुपैयाँ : फागुनमा मात्रै १० अर्ब रूपैयाँ ऋण

९ चैत,काठमाडौं। नेपालको सार्वजनिक ऋण २० खर्ब ८० अर्ब रूपैयाँ पुगेको छ। फागुनमा मात्रै १०

स्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गर्ने प्रधानमन्त्री दाहालको घोषणा

९ चैत,काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले पत्रकार र सबै प्रकारका सञ्चार माध्यमहरुको पेशागत तथा भौतिक

मानहानि मुद्दामा राहुल गान्धीलाई दुई वर्षको जेल सजाय

काठमाडौं । सुरतको तल्लो अदालतले आपराधिक मानहानि मुद्दामा कांग्रेस नेता राहुल गान्धीलाई दुई वर्षको जेल

एमाले बलियो प्रतिपक्षीका रूपमा उभिएको छ : महासचिव पोखरेल

९ चैत,काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले एमाले बलियो प्रतिपक्षीका रूपमा उभिएकाले पार्टी सङ्गठन

प्रधानमन्त्री दाहाललाई गगन थापाको आग्रह- नागरिकलाई नतर्साउनुस्

९ चैत,काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई नागरिकलाई नतर्साउन आग्रह गरेका

मानव तस्कर गिरोहद्धारा दुबईमा बेचिएकी नेपाली चेलीको उद्दार

९ चैत,काठमाडौँ । मानव तस्करीका गिरोहले दुबईमा बेचिएकी नेपाली चेलीको उद्दार गरिएको छ । सुर्खेतको