दक्षिणपन्थी घेराबन्दी तोड्न एमाले सक्षम छ: भट्टराई

२३फागुन,सिन्धुपाल्चोक।नेकपा(एमाले)का केन्द्रिय सदस्य निर्मल भट्टराईले हाल नेकपा एमालेका विरुद्ध भइरहेको दक्षिणपन्थी घेराबन्दी र प्रहारलाई तोडेर पार्टी अगाडि बढ्न सक्षम रहेको बताएका छन् ।

सिन्धुपाल्चोक जिल्लाको लिसंखु पाखर गाउँ पार्टी कमिटीले आयोजना गरेको मिसन ग्रासरूट अभियान भेलालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

‘एमालेविरूद्ध जति जति घेराबन्दी र प्रहार हुन्छ, पार्टी एकजुट र शक्तिशाली हुन्छ, श्रमजीवी जनताको साथ र समर्थन पाउँछ’, उनको कथन थियो ।

एमाले सिन्धुपाल्चोक अध्यक्ष कमल नेपालले मिसन ग्रासरूट अभियानको पूर्ण सफलताले पार्टीको आगामी भविष्य तय हुने
बताए ।

प्रदेश कमिटी सदस्य पुरुषोत्तम प्याकुरेल, हेम गंगा मोक्तान, गाउँपालिका उपाध्यक्ष मिठुदेवी लामा लगायतले पार्टीको ग्रासरुट अभियानका विविध आयामको चर्चा गरेका थिए । गाउँ पार्टी अध्यक्ष प्रदीप भण्डारीको अध्यक्षतामा सम्पन्न सो भेलाले दुइ महिना सो गाँउमा गरिने कार्यक्रमबारे विभिन्न सात निर्णय गरेको छ । अभियानमा सदस्यता नवीकरण,वडा भेला, जनसंगठनको संयुक्त भेला, वैचारिक प्रशिक्षण, सेल्टर दाताको सम्मान गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको सार्वजनिक ऋण २० खर्ब ८० अर्ब रुपैयाँ : फागुनमा मात्रै १० अर्ब रूपैयाँ ऋण

९ चैत,काठमाडौं। नेपालको सार्वजनिक ऋण २० खर्ब ८० अर्ब रूपैयाँ पुगेको छ। फागुनमा मात्रै १०

स्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गर्ने प्रधानमन्त्री दाहालको घोषणा

९ चैत,काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले पत्रकार र सबै प्रकारका सञ्चार माध्यमहरुको पेशागत तथा भौतिक

मानहानि मुद्दामा राहुल गान्धीलाई दुई वर्षको जेल सजाय

काठमाडौं । सुरतको तल्लो अदालतले आपराधिक मानहानि मुद्दामा कांग्रेस नेता राहुल गान्धीलाई दुई वर्षको जेल

एमाले बलियो प्रतिपक्षीका रूपमा उभिएको छ : महासचिव पोखरेल

९ चैत,काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले एमाले बलियो प्रतिपक्षीका रूपमा उभिएकाले पार्टी सङ्गठन

प्रधानमन्त्री दाहाललाई गगन थापाको आग्रह- नागरिकलाई नतर्साउनुस्

९ चैत,काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई नागरिकलाई नतर्साउन आग्रह गरेका

मानव तस्कर गिरोहद्धारा दुबईमा बेचिएकी नेपाली चेलीको उद्दार

९ चैत,काठमाडौँ । मानव तस्करीका गिरोहले दुबईमा बेचिएकी नेपाली चेलीको उद्दार गरिएको छ । सुर्खेतको