जनकपुर-उदयपुर कब्जा गर्ने मुक्ति सेनाको कमाण्डर थिए पुर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई

२० फागुन ,काठमाडौं । नेपालको पहिलो संसदका पहिलो सभामुख तथा बहुदलीय व्यवस्थाको पुनर्स्थापना पश्चातको पहिलो प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको आज १२ औं स्मृति दिवस हो । भट्टराई वि.सं.२००३ सालमा नेपाली काङ्ग्रेस गठन गर्दा देखि नै नेपालको राजनीतिमा संलग्न थिए । उनले २००७ सालको सशस्त्र क्रान्तिमा जनकपुर―उदयपुर कब्जा गर्ने मुक्ति सेनाको कमाण्डरका रूपमा काम गरेका थिए । त्यस्तै वि.सं.२०१५ सालमा संसदको तल्लो सदन प्रतिनिधि सभाका सभामुख समेत रहेका थिए ।

भट्टराई २०४६ को जनआन्दोलन पछि गठित अन्तरिम मन्त्रीपरिषदमा पहिलो पटक प्रधानमन्त्री बनेका थिए । नेपालको संविधान २०४७ निर्माण गरी लागू गराउने र बहुदलीय प्रतिस्पर्धाको आधारमा संसदीय निर्वाचन गराउने महत्वपूर्ण दायित्व समेत सफलता पूर्वक बहन गरेका थिए ।

गान्धीवादी सन्त नेता मानिने भट्टराई दृढ अठोट र संकल्पका धनी व्यक्तित्व थिए । स्पष्टवक्ता र सिद्धान्तनिष्ठ नेताका रूपमा चिनिने भट्टराई हरदम हँसिलो रहने तथा सेन्स अफ ह्युमर उच्च रहेको व्यक्ति थिए । गम्भीर समस्यालाई हल्का रूपमा लिएर पचाउने क्षमता भट्टराईमा रहेको थियो। पदमा बस्दा व्यक्तिगत लाभमा नमुछिएकाले उनि स्वच्छ छवि भएका नेताको रूपमा चिनिन्छ्न ।

स्व कृष्णप्रसाद भट्टराईको जन्म स्व पिता संकटाप्रसाद र स्व माता ललितादेवीका कान्छा छोराका रुपमा वि.सं. १९८१ को पौष कृष्ण द्वादशीका दिन भारतको बनारसमा भएको थियो । राणा प्रधानमन्त्री वीर सम्शेरको वक्रदृष्टिमा परेका पं. विश्वनाथ भट्टराई सपरिवार बनारस निर्वासनमा गएपछि उनी त्यहींबाट बिहारको रामनगर राज्यका राजाका पुरोहित बन्नु भयो । उनका छोरा संकटाप्रसाद पनि तिनै रामनगर रामराजाका पुरोहित थिए । उनका चारै भाइ छोराहरू भने बनारसमा बसेर अध्ययन गर्दथे।

त्यहींबाट यी चारैजना भारतीय स्वतन्त्रता आन्दोलनमा सक्रिय भएका थिए । गोर्खा दरबारमा पुरोहित यज्ञेश्वर भट्टराईका छोरा पति भट्टराई पृथ्वीनारायण शाहसँग काठमाडौं आएर दरबारमा नै पुरोहित भई बसे । यिनको सन्तति परम्परामा क्रमशः विष्णुहरि, कृष्णलाल, मेदिनीधर, कमलकान्त, विश्वनाथ हुँदै पछिल्लो पुस्तामा संकटाप्रसाद भए । संकटाप्रसादका चार भाइ छोरा― बटुकप्रसाद, नारायणप्रसाद, गोपालप्रसाद र कृष्णप्रसाद थिए । यी चार मध्येका कान्छा छोरा कृष्णप्रसाद भट्टराई हुन ।

बनारसमा जन्मिएका कृष्णप्रसादको शिक्षा पनि बनारसमा नै भएको थियो। उनले काशी हिन्दू विश्वविद्यालयबाट राजनीतिशास्त्रमा बि.ए. सम्मको अध्ययन पूरा गरेका थिए । सोही विषयमा एम.ए. तहको अध्ययन पनि गरि भट्टराई भारतीय स्वतन्त्रता सँग्राममा सहभागी भएका कारण पक्राऊ परे सो तहको परीक्षा दिनबाट बञ्चित भएकाकाले उनको एम. ए. तहको अध्ययन पूरा हुन सकेन ।

कृष्णप्रसाद भट्टराई आजीवन अविवाहित रहे । सन्त प्रवृत्तिको भएकाले गर्दा केहिले उनलाई सन्त नेता भनेर पनि सम्वोधन गर्ने गरेका छन् । अत्यन्तै सादा जीवन भएका भट्टराई कहिलेकाँही छाता मात्र लिएर हिंड्नेगर्थे । २०४८ को निर्वाचनमा पराजित भएपछि बालुवाटारस्थित प्रधानमन्त्री निवास छोडेर निस्कँदा उनी हातमा छाता र कमण्डलु लिएर पैदलै पैदल निस्किएका थिए ।

कृष्ण प्रसाद भट्टराईको २०६७ फागुन २० गते शुक्रबार राति ११ बजेर २६ मिनटमा काठमाडौंको नर्भिक अन्तराष्ट्रिय अस्पतालमा निधन भएको थियो । उनको पार्थिव शरीरलाई राजकीय सम्मानका साथ फागुन २२ गते पशुपति आर्यघाटमा अन्त्येष्टी गरिएको थियो । “लोकतान्त्रिक आन्दोलनमा भट्टराईको भूमिका महत्वपूर्ण छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा