९ फागुन, काठमाडौं । हिमाली क्षेत्र आसपासमा माटो खोस्रदै, चौरी पाल्ने अनि मौसमसँग पौंठेजोरी खेल्दै हिउँसँगै हुर्किएका शेर्पा लगायत अन्य उच्च भू–भागमा बसोबास गर्ने बौद्धमार्गी समुदाय आज ‘ग्याल्पो ल्होसार’ मनाउँदैछन् ।
ल्हो अर्थात् वर्ष अनि छार अर्थात नयाँ । अर्थात् यो नयाँ वर्ष २१४८ प्रवेश दिन पनि हो । यो ग्याल्पो ल्होसारलाई हर्षका साथ स्वागत गरौँ । यो वर्ष ‘गोरु वर्ष’का रूपमा मनाउँदैछ । हुन त, यो ग्याल्पो ल्होसार कुनै समुदाय विशेषसँग मात्र सम्बन्धित चाड त हैन्, एउटा साझा उत्सर्गको साटासाट हो ।
ग्याल्पो ल्होसार भोटका नवौँ राजा उदे गुङ्गयालका पालादेखि वसन्त पर्वका नामले मनाउन शुरु गरिएको हो । पुस १५ मा गुरुङ समुदायले तमु र माघ शुक्ल प्रतिपदाका दिन तामाङ समुदायले पनि सोनाम ल्होसारका नाममा यो पर्व मनाउँछन् ।
नेपालको हिमाली क्षेत्रमा वसोवास गर्ने शेर्पा समूदायले १५ दिनसम्म ग्याल्पो ल्होसार मनाउँछन् । शेर्पा समुदायले ल्होसार शुरु हुनु एकमहिना अघि आ–आफ्नो घर रङ्ग्याउने, सफा गर्ने र नयाँ लुगाफाटो किन्ने गर्छन् । उनीहरूले सम्बोटा लिपिलाई सेतो पिठो प्रयोग गरेर घरको खम्बा, भित्ता एवं दलिनमा टाँसी देलेकुु भन्ने वाक्यांश र अष्टमङ्गलका चिन्हहरूले घर सजाउने गर्छन् ।
तीन प्रकारका ल्होसारमध्ये शेर्पा समुदायले मनाउने ल्होसारलाई विशेषतः ग्याल्पो ल्होसार भनिन्छ । तथापि यस ल्होसारमा अन्य समुदायहरूको पनि उत्कृष्ट समभाव अनि सक्रियता पाइन्छ । शेर्पा, तामाङ, गुरुङ, हुम्ली, मुस्ताङी अनि मनाङी लगायत अन्य धेरै समुदायको यो एउटा साझा ल्होसार हो ।
नेपाल पर्वतारोहण संघका पूर्व अध्यक्ष एवं सोलुखुम्बु खुम्जुङका आङछिरिङ शेर्पाका अनुुसार, यो दिन बिहानै घरभित्र पूजाआजा हुन्छ । त्यसपछि आफन्त कहाँ जाने आउने हुन्छ । शुद्ध रूपमा तयार पारिएको परिकार खाने गरिन्छ । आफन्तलाई पैसा, कोसेली दिने गरिन्छ । कोसेलीमा लुगाफाटा र विद्युतीय सामान हुन्छ । परिवारका सबभन्दा बरिष्ठ व्यक्तिको घरमा जाने चलन छ ।
आजको ल्होसारको सबैभन्दा महत्वपूर्ण कुरा भने खाप्से हो । मैदाको पिठोबाट बनाएको एकप्रकारको यो मिठाई आजको दिन विशेष परिकार हो, खाप्से खान नभुल्नु होला नि । हिमाली हावापानीको कुशल आंकलन गरेर आजका दिन उम्रिने गरी गहुँको बिउँ छरिएको हुन्छ, जसलाई लोपूलु भनिन्छ ।
यसरी उम्रिएको गहुँको टुसालाई आज नयाँ वर्षको नयाँ वालीका रूपमा लिइन्छ । यस वर्षभरि हिमालको हावापानीले हाम्रा हिमाली दाजुभाई अनि दिदी बहिनीलाई साथ दिनेछन्, यी लोपूलहरूले सबैको कल्याण गरुन् ।
ग्याल्पो ल्होसारको अवसरमा सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ।
९ चैत,काठमाडौं। नेपालको सार्वजनिक ऋण २० खर्ब ८० अर्ब रूपैयाँ पुगेको छ। फागुनमा मात्रै १०
९ चैत,काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले पत्रकार र सबै प्रकारका सञ्चार माध्यमहरुको पेशागत तथा भौतिक
काठमाडौं । सुरतको तल्लो अदालतले आपराधिक मानहानि मुद्दामा कांग्रेस नेता राहुल गान्धीलाई दुई वर्षको जेल
९ चैत,काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले एमाले बलियो प्रतिपक्षीका रूपमा उभिएकाले पार्टी सङ्गठन
९ चैत,काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई नागरिकलाई नतर्साउन आग्रह गरेका
९ चैत,काठमाडौँ । मानव तस्करीका गिरोहले दुबईमा बेचिएकी नेपाली चेलीको उद्दार गरिएको छ । सुर्खेतको