गोपी मैनालीको “अभिव्यञजना यात्राप्रति” लोकार्पण

७ फागुन, काठमाडौं । वरिष्ठ समालोचक एवं निबन्धकार गोपी मैनालीको समालोचनात्मक कृति “अभिव्यञजना यात्राप्रति” सुरभि साहित्य प्रतिष्ठानले आज २०७९ फागुन ७ गते नेपाल हाउस बालुवाटार, काठमाडौंमा आयोजना गरेको लोकार्पण कार्यक्रम सम्पन्न भयो ।

संस्थाका संरक्षक वरिष्ठ पत्रकार एवं साहित्यकार विजय चालिसेको सभापतित्वमा सम्पन्न सो कार्यक्रमको प्रमुख अतिथि वरिष्ठ साहित्यकार विद्वान जयराज आचार्य रहनु भएको थियो ।

कार्यक्रममा समालोचकहरु ठाकुर शर्मा र प्रा.डा. लेखप्रसाद निरौलाले लोकार्पित कृतिमा आआफ्नो समीक्षात्मक मन्तव्य राख्नु भएको थियो । यसैगरी सो कार्यक्रममा साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, प्रा.डा. गार्गी शर्मा, वरिष्ठ कवि विमल कोइराला, वरिष्ठ समालोचक युवराज शर्मा, साहित्यकार हरिभक्त सिग्देल, शान्ति शाक्यलगायतले आआफ्नो मन्तव्य राख्नु भएको थियो ।

अच्युत घिमिरेले संचालन गरेको कार्यक्रममा संस्थाका अध्यक्ष वाजुराम पौडेलले स्वागत तथा उपाध्यक्ष परशुराम परासरले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

कार्यक्रममा साझा प्रकाशनमा महाप्रबन्धक प्रल्हाद पोखरेल, डा. अर्जुनदेव भट्ट, नरेन्द्रराज पौडेल, उमेश अकिंचन, यादव भट्टराई, इन्द्रकुमार श्रेष्ठ, प्रकाश घायल, लव गाँउले, कपिल लोहनी, श्रीहरि फुँयाल, पवन बुढाथोकी, मोहन मैनाली, मन्जुश्री प्रधान, लीला लुईंटेल, प्रा.डा. खगेन्द्र लुईटेललगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको सार्वजनिक ऋण २० खर्ब ८० अर्ब रुपैयाँ : फागुनमा मात्रै १० अर्ब रूपैयाँ ऋण

९ चैत,काठमाडौं। नेपालको सार्वजनिक ऋण २० खर्ब ८० अर्ब रूपैयाँ पुगेको छ। फागुनमा मात्रै १०

स्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गर्ने प्रधानमन्त्री दाहालको घोषणा

९ चैत,काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले पत्रकार र सबै प्रकारका सञ्चार माध्यमहरुको पेशागत तथा भौतिक

मानहानि मुद्दामा राहुल गान्धीलाई दुई वर्षको जेल सजाय

काठमाडौं । सुरतको तल्लो अदालतले आपराधिक मानहानि मुद्दामा कांग्रेस नेता राहुल गान्धीलाई दुई वर्षको जेल

एमाले बलियो प्रतिपक्षीका रूपमा उभिएको छ : महासचिव पोखरेल

९ चैत,काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले एमाले बलियो प्रतिपक्षीका रूपमा उभिएकाले पार्टी सङ्गठन

प्रधानमन्त्री दाहाललाई गगन थापाको आग्रह- नागरिकलाई नतर्साउनुस्

९ चैत,काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई नागरिकलाई नतर्साउन आग्रह गरेका

मानव तस्कर गिरोहद्धारा दुबईमा बेचिएकी नेपाली चेलीको उद्दार

९ चैत,काठमाडौँ । मानव तस्करीका गिरोहले दुबईमा बेचिएकी नेपाली चेलीको उद्दार गरिएको छ । सुर्खेतको