January 31, 2023

सिन्धुज्वाला हाईड्रोको ठगिधन्दा पर्दाफास

१७ माघ,काठमाडौं । सिन्धुपाल्चोकको गुम्बामा संचालित ४३ मेगावाटको अपर नेसमखोला हाईड्रोपावर लिमिटेड,सिन्धुज्वाला हाईड्रोपावरले  प्रिफ्याब भवन तथा मेसिनरी वाल निर्माणको लागि जिम्मेवारी दिएको मोक्तान कन्स्ट्रक्सनलाई निर्माण कार्य गरेको चार वर्ष बितिसक्दा पनि भुक्तानी दिएको छैन ।

आर्थिक वर्ष २०७५/७६ मा नै निर्माण कार्य वापतको लिनुपर्ने रकम १७,९१,११८/८५ (सत्रलाख एकानब्बे हजार एक सय अठार रुपैयाँ पचासी पैसा) निर्माण कार्य गरेको चार वर्ष बितिसक्दा पनि मोक्तान कन्स्ट्रक्सनले पाएको छैन ।

सो रकम सिन्धुज्वाला हाइड्रोपावर लि. बाट २०७६/०३/०९ मा भुक्तानीको लागि बिल पेश गरी सिन्धुज्वाला हाइड्रोपावर लि.बाट त्यही समयमानै भुक्तानी आदेश भई सकेको तत्कालीन आर्थिक वर्ष २०७५/७६ को कर तथा राजस्व नेपाल सरकार कर कार्यालयमा दाखिला समेत भै सकेको अवस्थामा पीडित मोक्तान कन्स्ट्रक्सन प्रा.लिले पटक-पटक बिल भुक्तानीको लागी अनुरोध गर्दा हाईड्रोका वर्तमान चियरम्यान अर्जुनबन्धु रेग्मी र डाइरेक्टर प्रकाश रजौरेले अहिलेसम्म भुक्तानी नदिएको पीडित पक्षको गुनासो रहेको छ ।

त्यस्तै हाईड्रोका चियरम्यान अर्जुनबन्धु रेग्मिले भाडमा प्रयोग गरेका ब्यक्तिहरुले मोक्तान कन्स्ट्रक्सनको करिब १५ लाख मूल्य बराबरको निर्माण सामग्री समेत लुटपाट गरेका थिए । लुटपाट गरिएको सामाग्रीहरु फिर्ता गाग्दा रेग्मीले उल्टै ज्यान मार्ने धम्की दिनेगरेको भन्दै मोक्तान कन्स्ट्रक्सनको तर्फबाट महानगरीय अपराध महासाखा बानेश्वरमा उजुरी समेत परेको र लुटपाट भएको सामाग्री हाइड्रोका चियरम्यान अर्जुनबन्धु रेग्मीले भाडामा प्रयोग गर्ने गरेको टोले गुन्डाहरुबाट अझैसम्म फिर्ता नभएको बुझिएको छ । सो लुटपाटमा संलग्न टोलेगुन्डाहरुलाई कार्वाहीको माग सहित महानगरीय अपराध महाशाखा नयाँ बानेश्वरमा उजुरी समेत परेको छ । ती टोले गुन्डाहरु चियरम्यान अर्जुनबन्धु रेग्मीको संरक्षणमा रहेको बुझिएको छ ।

सिन्धुज्वाला हाईड्रोले १८३२  जना सेयर सदस्यहरुबाट संकलित ५४ करोड रुपैयाँ विद्युत उत्पादनकार्य पुर्वनै हाईड्रोको चियरम्यान अर्जुन बन्धु रेग्मी र डाइरेक्टर प्रकाश रजौरेले मनोमानी तरिकाले आफ्नो ब्यक्तिगत व्यवसायमा लगानी गरेको र उनीहरुको हाइड्रोपावर निर्माण गर्नेभन्दापनी सेयर सदस्यहरूको पैसामा मोजमस्ती गर्ने गरेको स्थानियहरु बताउँछन् ।

यसैबीच मोक्तान कन्स्ट्रक्सनले स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था,नेपाल,(IPPAN) समक्ष निर्माण कार्यको भुक्तानी र क्षतिपूर्तिको लागि ताकेता गराई सिन्धुज्वाला हाइड्रोले भुक्तानी दिन इन्कार गरेमा कानुनी निकायमा कदम चाल्नको लागि सहयोगको आव्हान गर्दै निवेदन पेस गरेको छ । भने क्रान्तिकारी ट्रेड युनियन महासंघले श्रमिकहरुले काम गरेको पारिश्रमिक सहित मोक्तान कन्स्ट्रक्सनले पाउनु पर्ने हिसाबकिताब एक हप्ता भित्र चुक्ता नगरे हाइड्रोपावर व्यवस्थापनको मजदुरामारा नितिको विरुद्ध कडा संघर्षमा उत्रने चेतावनी दिएको छ  ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शुभारम्भ भएको चार वर्षमै सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने श्रमिकहरुको संख्या ४ लाख नाघ्यो

९ चैत,काठमाडौं । सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने योगदानकर्ताको सङ्ख्या चार लाख नाघेको छ ।

सरकारमा सम्मानजनक सहभागिता गराउन लोसपाको माग

९ चैत,काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले सत्ता गठबन्धनका दलहरुलाई सरकारमा सम्मानजनक सहभागिता गराउन

नेपालको सार्वजनिक ऋण २० खर्ब ८० अर्ब रुपैयाँ : फागुनमा मात्रै १० अर्ब रूपैयाँ ऋण

९ चैत,काठमाडौं। नेपालको सार्वजनिक ऋण २० खर्ब ८० अर्ब रूपैयाँ पुगेको छ। फागुनमा मात्रै १०

स्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गर्ने प्रधानमन्त्री दाहालको घोषणा

९ चैत,काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले पत्रकार र सबै प्रकारका सञ्चार माध्यमहरुको पेशागत तथा भौतिक

मानहानि मुद्दामा राहुल गान्धीलाई दुई वर्षको जेल सजाय

काठमाडौं । सुरतको तल्लो अदालतले आपराधिक मानहानि मुद्दामा कांग्रेस नेता राहुल गान्धीलाई दुई वर्षको जेल

एमाले बलियो प्रतिपक्षीका रूपमा उभिएको छ : महासचिव पोखरेल

९ चैत,काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले एमाले बलियो प्रतिपक्षीका रूपमा उभिएकाले पार्टी सङ्गठन