११ माघ, काठमाडौं । नेपाली मुक्तक साहित्यमा योगदान दिने दुई स्रष्टाहरूलाई नेपाल मुक्तक प्रतिष्ठानले पुरस्कृत गर्ने निर्णय गरेको छ। प्रतिष्ठानको कार्यसमितिको बैठकको निर्णयअनुसार व्यक्तित्व चयन समितिद्वारा सिफारिस गरिएका मुक्तक स्रष्टाहरूलाई सम्मानित एवम् पुरस्कृत गर्न लागेको हो।
प्रतिष्ठानले लामो समयदेखि मुक्तक साहित्यमा योगदान गर्नुभएका मुक्तककार यादव खरेललाई ‘भीमदर्शन मुक्तक पुरस्कार’ रु. ५१,०००/- (एकाउन्न हजार रुपैयाँ) तथा मुक्तककार रुद्र ज्ञवालीलाई ‘कृष्ण-रत्न-चेतन मुक्तक पुरस्कार’ रु. ३१,०००/- (एकतीस हजार रुपैयाँ) राशिसहित प्रदान गर्ने निर्णय गरेको छ।
यादव खरेलको २०३० सालमा यादव ‘खरेलका मुक्तकहरू’ मुक्तकसङ्ग्रहलगायत विभिन्न विधाका आठ कृति प्रकाशित छन्। उहाँ यसअघि हिरण्यकुमारी कार्की पुरस्कार, रत्नश्री स्वर्ण पदक, छिन्नलता गीत पुरस्कार, सर्वश्रेष्ठ चलचित्र निर्देशक राष्ट्रिय पुरस्कारलगायतका विभिन्न पुरस्कारहरूबाट पुरस्कृत हुनुहुन्छ।
यसैगरी रुद्र ज्ञवालीका ‘उन्मुक्त आकाश’ (२०६६) र ‘रुझेर अग्निवर्षामा’ (२०७५) मुक्तकसङ्ग्रहहरूलगायत विभिन्न विधाका सात कृतिहरू प्रकाशित छन्। उहाँ यसअघि छविलाल सिर्जनशील पुरस्कार, सिद्धार्थ साहित्य पुरस्कार, भानु साहित्य पुरस्कार, प्रलेस प्रतिभा पुरस्कार, लुम्बिनी साहित्य पुरस्कार, टेकध्वज खाती-लक्ष्मीदेवी खाती साहित्यसेवा पुरस्कारलगायतका पुरस्कारहरूबाट पुरस्कृत प्रतिभा हुनुहुन्छ।
नेपाली आधुनिक मुक्तक लेखनका आरम्भकर्ता भीमदर्शन रोकाको सम्मानमा ‘भीमदर्शन मुक्तक पुरस्कार’ र अग्रज मुक्तककारहरू कृष्णप्रसाद पराजुली, रत्नशमसेर थापा र चेतन कार्कीको सम्झना र सम्मानमा ‘कृष्ण-रत्न-चेतन मुक्तक पुरस्कार’ स्थापना गरिएका हुन्।
नेपाल मुक्तक प्रतिष्ठानद्वारा वार्षिकोत्सव तथा मुक्तक दिवसको अवसर पारेर हरेक वर्ष प्रदान गरिने यी पुरस्कार नेपाल मुक्तक प्रतिष्ठानका संस्थापक तथा अध्यक्ष रामकाजी कोनेले स्थापना गर्नुभएको हो। दुवै पुरस्कार आगामी माघ १८ गते प्रतिष्ठानको दसौँ वार्षिकोत्सव तथा मुक्तक दिवसका अवसरमा काठमाडौँमा एक समारोहको आयोजना गरी अर्पण गरिने छन्। सो अवसरमा प्रतिष्ठानद्वारा प्रकाशित स्मारिकाको लोकार्पणसमेत गरिने छ।
९ चैत,काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले सत्ता गठबन्धनका दलहरुलाई सरकारमा सम्मानजनक सहभागिता गराउन
९ चैत,काठमाडौं। नेपालको सार्वजनिक ऋण २० खर्ब ८० अर्ब रूपैयाँ पुगेको छ। फागुनमा मात्रै १०
९ चैत,काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले पत्रकार र सबै प्रकारका सञ्चार माध्यमहरुको पेशागत तथा भौतिक
काठमाडौं । सुरतको तल्लो अदालतले आपराधिक मानहानि मुद्दामा कांग्रेस नेता राहुल गान्धीलाई दुई वर्षको जेल
९ चैत,काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले एमाले बलियो प्रतिपक्षीका रूपमा उभिएकाले पार्टी सङ्गठन
९ चैत,काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई नागरिकलाई नतर्साउन आग्रह गरेका