निशाको “ओजन” लोकार्पण

१ माघ,काठमाडौं । नेपाल स्रष्टा समाजले हिजो २०७९ पुस ३० गते कथाकार निशा केसीको लघुकथा सङ्ग्रह “ओजन” को सेलिब्रेसन हाइट सुकेधारा, काठमाडौँमा लोकार्पण कार्यक्रमको आयोजना गर्‍यो । कथाकार केसीको ‘ओजन’ कृति पहिलो हो ।

कार्यक्रममा प्रमुख अतिथि प्राडा. लक्ष्मणप्रसाद गौतमले निशाको कथाकारिताबारे बोल्दै निशा राम्रो मुक्तककार भएकै हुनाले राम्रो लघुकथा आएका छन् भन्नु भयो । आख्यानमा लोकप्रिय लघुकथा हो, त्यो शैलीगत सृजना ओजन लघुकथा असी प्रतिशत राम्रा भएकै हुनाले राम्रो कृति भएको छ, अब निशाले कथा लेख्दा यो कृतिभन्दा कमजोर लेख्नु हुन्न । अब आफ्नो रचनाको प्रतिस्पर्धा आफ्नै सृजनासँग हुने पनि गौतमले बताउनु भयो ।

नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ “रोदन”को सभापतित्वमा सम्पन्न सो कार्यक्रममा वरिष्ठ समालोचक प्राडा. ज्ञानु पाण्डे, लघुकथा समाजका अध्यक्ष गोपाल अश्क, प्राज्ञ विवश पोखरेल, लेखक निशा केसीलगायतले आआफ्नो मन्तव्य राखेका थिए ।

कार्यक्रमको सञ्चालन सस्थाका सदस्य मधु पाठक गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न