वर्ल्डलिङ्कलाई नोकियाको ‘होम कनेक्टिभिटी सर्भिस इनोभेसन’ अवार्ड

८ पुस, काठमाडौं । नेपालकै सबैभन्दा ठुलो ईन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेड नोकिया जिटिएफएफ फिक्स्ड नेटवर्क्स कस्टुमर अवार्ड २०२२ बाट सम्मानित भएको छ। 

सेवामा नवप्रवर्तन ल्याउन सफल भएको भन्दै कम्पनीले यस्तो अवार्ड दिएको हो । नोकियाका अनुसार होम कनेक्टिभिटी सर्भिस इनोभेसनका लागि वर्ल्डलिङ्कलाई बिजेताको रुपमा चयन गरिएको हो ।

हिमाल,बरफ तथा हिउँ,खोला एवं वन्यजन्तु जस्ता परिस्थितिमा समेत ग्राहकलाई जोडेको नोकिया वायरलेस क्लाउड कन्ट्रोलरमा अग्रणी भुमिका निर्वाह गरेकोले सर्भिस इनोभेसन:इन-होम कनेक्टिभिटी विधा अन्तर्गतको अवार्ड वर्ल्डलिङ्कलाई प्रदान गरिएको छ । नोकियाको नेटवर्क पुर्वाधार,एफएन सीटीओ तथा एमसीए विभागका सोलुसन सपोर्ट लिड स्यारी एन्नीले भनेकी छिन् ।

नोकियाले यही डिसेम्बर ७-८ सम्म सिङ्गापुरमा आयोजना गरेको गेट टु फास्ट फास्टर २०२२ कार्यक्रम माझ वर्ल्डलिङ्कलाई यो अवार्ड प्रदान गरिएको थियो ।

हाल कम्पनीको ईन्टरनेट सेवा प्रयोग गर्ने ग्राहकको सङ्ख्या सात लाख भन्दा बढी तथा प्रयोगकर्ताको सङ्ख्या ३० लाख भन्दा धेरै रहेका छन । नेपालमा एकजना ग्राहकले जोडेको ईन्टरनेट औषत ४:३२ जनाले प्रयोग गर्दै आएका छन ।

देशको सातै प्रदेशका ७४ जिल्लामा वर्ल्डलिङ्कको ईन्टरनेट सेवा पुगिसकेको छ । कम्पनीले देशका विभिन्न १४ हजार भन्दा बढी स्थनमा फ्री वाई फाई सेवा समेत उपलब्ध गराउँदै आएको छ ।

त्यस्तै,आयात हुने कूल अन्तर्राष्ट्रिय ईन्टरनेट ब्यान्डविथ मध्ये वर्ल्डलिङ्क अन्तर्गत ४२ प्रतिशत भन्दा बढी खपत हुने गरेको छ ।

नियामक नेपाल दूरसञ्चार प्राधिकरणको तथ्याङ्क अनुसार नेपालको फिक्स लाइन इन्टरनेट सेवामा वर्ल्डलिङ्क कम्युनिकेसन्सको बजार हिस्सा करिब ३५ प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने