११असोज,काठमाडौं ।
सिन्धुज्वाला हाईड्रोका चियरम्यान अर्जुन बन्धु रेग्मीले हाइड्रोपावरको प्रिफ्याब भवन तथा मेसिनरीवाल निर्माण कार्य सम्पन्न गरेको मोक्तान कन्ट्रक्सनका संचालकलाई निर्माण कार्यसम्पन्न गरेको बिल भुक्तानी माग्दा ज्यान मार्ने धम्की दिने गरेको खबर प्राप्त भएको छ।
निर्माण कार्य सुरु भएपछि पेस्की माग्दा पेस्की समेत नदिने कार्य गर्दै आएको हाईड्रो व्यवस्थापनले निर्माण कार्य सम्पन्न पश्चात् काम गरेको रकम माग्दा मोक्तान कन्ट्रक्सनका संचालक नाम्गेल मोक्तानलाई हाईड्रोका चियरम्यान अर्जुनबन्धु रेग्मिले साफसुटरहरु प्रयोग गरेर ज्यान मार्ने धम्की दिएका हुन।
मोक्तानले बर्श ५५ का अर्जुनबन्धु रेग्मी संग शान्ती सुरक्षा पाउं भन्दै २०७८-१०-२७ मा जिल्ला प्रशासन कार्यालय बबरमहल काठमाडौंमा निवेदन समेत दिएका थिए।
त्यस्तै हाईड्रोका चियरम्यान अर्जुनबन्धु रेग्मिले भाडमा प्रयोग गरेका ब्यक्तिहरुले मोक्तान कन्ट्रक्सनको करिब १५ लाख मूल्य बराबरको निर्माण सामग्री समेत लुटपाट गरेका थिए ।लुटपाट गरिएको सामाग्रीहरु फिर्ता गाग्दा रेग्मीले उल्टै ज्यान मार्ने धम्की दिनेगरेको भन्दै मोक्तान कन्ट्रक्सनको तर्फबाट महानगरीय अपराध महासाखा बानेश्वरमा उजुरी समेत परेको र प्रहरीले दुई पक्षलाई राखेर छलफल समेत गराएको थियो।
सेयर सदस्यहरुबाट संकलन गरिएको ५४ करोड रुपैयाँ सकाउंदा मोक्तान कन्ट्रक्सनले निर्माण कार्य सम्पन्न गरेको १७ लाख रुपैयाँ पैसा काम गरेको ४ बर्श बितिसक्दा पनि नपाएको हो।काममा सहभागीनै नभएका केही स्थानीय ब्यक्तिहरु देखाएर हालका चियरम्यान अर्जुनबन्धु रेग्मी र प्रकाश रजौरे पन्छिने गरेका छन।त्यस्तै सेयर सदस्यहरूको ५४ करोड हिनामिनाको कुरा गर्दा उनिहरु पुरानो व्यवस्थापनलाई दोष लगाएर आफू पन्छिने प्रपन्च रचिरहेको खबर प्राप्त भएको छ ।
मंसिर १३, काठमाडौं । राजसंस्था सहितको हिन्दुराष्ट्र नेपालको नारासहित क्रियाशिल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र
मङ्सिर ११, काठमाडौँ । योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा योगदान गरिरहेकै अवस्थामा मृत्यु भएका व्यक्तिका
मङ्सिर ६,काठमाडौं । बिहीबार अत्यावश्यक काममा मात्र सवारीसाधन लिएर निस्कन ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।
पोखरा, मङ्सिर ४ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तिम सत्य नै शान्ति भएको
मङ्सिर ४काठमाडौँ। सरकारले टिकटकमाथि लगाएको प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा आजबाट सुनुवाइ प्रारम्भ हुँदै छ ।
कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग