पर्यटनमन्त्रीको हैकमवादी तथा स्वेच्छाचारी कृयाकलापको जिफन्टद्धार घोर भत्सर्ना


२० भदौ,काठमाडौं ।
नेपाल ट्रेडयुनियन महासंघ (जिफन्ट)ले पर्यटन मन्त्री जीवराम श्रेष्ठको हैकमवादी तथा स्वेच्छाचारी कृयाकलापको घोर निन्दा एवं भत्सर्ना गरेको छ।

हिजो निजि कामको सिलसिलामा ठमेलस्थित छायाँ सेन्टर पुगेका श्रेष्ठले त्यहाँ कार्यरत गरुढ सेक्युरिटिजका सुरक्षा श्रमिक शेरजङ् गुरुङमाथी अभद्र ब्यवहार प्रस्तुत गरेका थिए।

नेपाल ट्रेडयुनियन महासंघ(जिफन्ट)का महासचिव लक्ष्मण शर्माद्धारा हस्ताक्षेरीत विज्ञप्तिमा भनिएको छ।”भाद्र १७ गते क्यानेडियन भिसा सेन्टरमा आफ्नो कर्तव्य पालना गर्ने क्रममा गरुड सेक्युरिटिजका टोलि इन्चार्ज शेरजङ् गुरुङ माथी संस्कृति,पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री जीवराम श्रेष्ठद्धारा गरिएको ज्यद्धती तथा सो पश्चात् झुठ्ठा मुद्दा लगाएर गरिएको कार्वाही प्रती नेपाल ट्रेडयुनियन महासंघको गम्भीर ध्यानाकर्षण भएको छ।”

पीडित गुरुङ्ले आफू सम्बद्ध निकायहरुद्धारा दिएको नियम कानुन अनुसार नै आफ्नो ड्युटी निर्वाह गरेको निष्कर्ष निकाल्दै मन्त्री श्रेष्ठको हैकमवादी तथा स्वेच्छाचारी कृयाकलापको बिरोध गर्दै जिफन्टले भनेको छ,”श्रेष्ठले आफू मन्त्री भएको तथा विशेष सुविधा र व्यवस्थाको हकदार दावी गर्दै तुजुक देखाएका छन।”

मन्त्री स्वयंनै सो घटनाको जिम्मेवार रहेको दावी गर्दै उल्टै सुरक्षा श्रमिकमाथिनै मुद्दा लगाउने अलोकतान्त्रिक,स्वेच्छाचारी तथा हैकमवादी क्रियाकलापको जिफन्टले भत्सर्ना गरेको हो।हिरासतमा रहेका गुरुङ्लाई बिनासर्त स-सम्मन रिहाई गर्न पनि जिफन्टले माग गरेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सर्वोच्चको आदेशलाई लत्याउँदै धादिङ थाँक्रेमा अवैध ढुंगा उत्खनन्

काठमाडौं । धादिङको थाँक्रे गाउँपालिका ७ स्थित सातकिल्लामा सर्वोच्च अदालतको अन्तरिम आदेशलाई अवहेलना हुने गरि

पक्षघातको औषधी निःशुल्क उपलब्ध हुने : स्वास्थ्य मन्त्री पौडेल

माघ ३,काठमाडौँ। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालमा निकै दुर्लभ मानिएको पक्षघातको उपचारमा प्रयोग हुने

यसरी तोकियो सहकारीमा बचतको सीमा

पुस १५, काठमाडौँ । सहकारी संस्थाको बचत रकम हिनामिनामा दण्डात्मक कारबाहीलाई तीव्रता दिइरहेका बेला सरकारले सहकारीसम्बन्धी

जलवायु परिवर्तनले २०२४ मा विपत्ति निम्त्यायो

पेरिस, पुस १२ गते । सानो र गरिब मायोटदेखि तेल–धनी महाशक्ति साउदी अरबसम्म र समृद्ध युरोपेली

प्रधानमन्त्रीसमक्ष प्रमुख सूचना आयुक्त र आयुक्तद्वारा सपथ

 मङ्सिर २६, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त डा. सुरेशप्रसाद आचार्यले

आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो

चितवन, कात्तिक ३० गते । नेपालमा बाहिरबाट आउने महको आयात रोकिएसँगै यहाँका किसानले उत्पादन गरेको महले