७ भदौ भक्तपुर।
सुर्यविनायक नगरपालिका वडा नं.८मा पर्ने घ्याम्पेडांडा पाटी भन्ज्याङ सडक स्तरोन्नति तथा कालोपत्रे गर्ने कार्य शुभारम्भ गरिएको छ।आज सुर्यविनायक नगरपालिका वडा नं.८ ले आयोजना गरेको एक कार्यक्रमको बिच प्रतिनिधि सभा सदस्य माननीय महेश बस्नेतले कार्यक्रमको शुभारम्भ गर्नुभएको हो ।
रणनीतिक सडक अन्तर्गतको यो योजना प्रतिनिधि सभाका सांसदहरूको सिफारिसमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलि प्रधानमन्त्री भएको बखत बिनियोजित भएको थियो।काभ्रे र भक्तपुरको सिमा क्षेत्रमा पर्ने यो सडकको स्तरोन्नतिले दुबै जिल्लाका जनताको बजार सम्मको सहज पहुँच पुग्ने र आन्तरिक पर्यटन लाई टेवा पुग्ने सुर्यविनायक नगरपालिका वडा नं. ८ का अध्यक्ष पुष्पराज बस्नेतले बताउनुभएको छ।
कार्यक्रममा भक्तपुर क्षेत्र नं.२का प्रतिनिधि सभा सदस्य,पुर्व मन्त्री एवं नेकपा एमालेका पोलिटब्युरो सदस्य माननीय महेश बस्नेतको प्रमुख आतिथ्यता,नेकपा एमाले भक्तपुरका नेता एवं समाजसेवी किरण थापा,सुर्यविनायक नगरपालिका वडा नं.८ का अध्यक्ष पुष्पराज बस्नेत,जि.स.स सदस्य बिश्वोराम त्वानाबासु,कार्यपालिका सदस्य सावित्री मिश्र,सुनिल भुजेल,नगरसभा सदस्य बिक्रम तामाङ्ग र अन्जना नेपाली लगाएतको विशेष उपस्थिति रहेको थियो।
काठमाडौं । धादिङको थाँक्रे गाउँपालिका ७ स्थित सातकिल्लामा सर्वोच्च अदालतको अन्तरिम आदेशलाई अवहेलना हुने गरि
पेरिस, पुस १२ गते । सानो र गरिब मायोटदेखि तेल–धनी महाशक्ति साउदी अरबसम्म र समृद्ध युरोपेली
मङ्सिर २६, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त डा. सुरेशप्रसाद आचार्यले
कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण सामाजिक
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा
नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो