March 17, 2020

यस्ताे छ नेपाल टेलिकमको तिहार अफर

Nepal-Telecom-Logo_9WAKDyHTxi-360x260काठमान्डाैं / नेपाल टेलिकमले नेपालीको महान् चाड तिहारका साथै छठ र नेपाल संवत्का अवसरमा गत वर्षहरुमा जस्तै यस वर्ष पनि कम्पनीका सेवामा विभिन्न आकर्षक छुट उपलब्ध गराउने भएको छ । सो अवसरमा टेलिकमले मोबाइलमा रिचार्ज गर्दा बोनस उपलब्ध गराउने भएको छ । योभन्दा पहिलेदेखि नै उपलब्ध फोरजी÷एलटिइ र अन्य सेवामा विशेष छुटसहितका अफरलाई समेत निरन्तरता दिइएको छ ।

आगामी कात्तिक १० देखि १६ गतेसम्म रिचार्ज कार्ड वा एमपोसबाट रिचार्ज गर्दा बोनस प्रदान गरिने टेलिकमले जनाएको छ । यस योजनामा रु ५०, १०० र २०० को रिचार्ज कार्डबाट रिचार्ज गर्दा १० प्रतिशत र रु ५०० र १००० को रिचार्ज कार्डबाट रिचार्ज गर्दा २० प्रतिशत बोनस प्राप्त हुनेछ । रु ५०, १०० र २०० को बोनस तीन दिनभित्र र रु ५०० र १००० को बोनस पाँच दिनभित्र उपयोग गरिसक्नुपर्नेछ । त्यसैगरी एमपोसबाट रु १० देखि ४९९ सम्मको रिचार्ज गर्दा १० प्रतिशत र रु ५०० वा सोभन्दा माथिल्लो दरको रिचार्ज गर्दा २० प्रतिशत बोनस उपलब्ध हुनेछ । सो बोनस क्रमशः तीन दिन र पाँच दिनभित्र उपयोग गरी सक्नुपर्नेछ ।

त्यसैगरी फोरजी÷एलटिई सिम परिवर्तन गर्दा कुनै शुल्क लाग्ने छैन । अर्को सूचना नभएसम्म यो अफर निरन्तर रहने छ । ग्राहकले ८द्धद्धद्ध३ डायल गरी सिम परिवर्तन गर्नुपर्ने वा नपर्ने थाहा पाउन सकिनेछ । टेलिकमले पहिलोपटक फोरजी÷एलटीई नेटवर्कमा रजिष्टर हुने ग्राहकलाई दुई दिनको समयावधिसहितको २०० एमबी डाटा बोनसको रुपमा उपलब्ध गराएको छ । यो छुट कम्पनीले अर्को सूचना प्रकाशित गरी सूचित नगरेसम्म जारी रहने छ । हाल टुजी र थ्रिजी नेटवर्कमा सिम चलाइरहेका ग्राहकले ८द्धद्धद्ध३ डायल गरी फोरजी नेटवर्कमा आबद्ध हुन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

इन्जिनियरिङको शुल्क वृद्धि फिर्ता

भदौ १४, काठमाडौं । इन्जिनियरिङ अध्ययन संस्थान (आईओई)ले स्नातक तहमा वृद्धि गरेको शुल्क तत्काल कार्यान्वयन नगर्ने

एमालेको सचिवालय वैठकले केन्द्रिय नेताहरुलाई यस्तो जिम्मेवारी दियो

 २०८० जेठ २४, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले केन्द्रीय सदस्यसम्मको कार्यविभाजन गरेर अन्तर पार्टी

भारत भ्रमणमा प्रधानमन्त्री प्रचण्डलाई एमालेले दिएको ५ महत्त्वपूर्ण सुझावहरु यस्ता छन्

जेठ १४, काठमाडौं । भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री प्रचण्डले सुझावका लागि भनेर डाकेकाे वैठकमा

ठाकुर गैरे पाल्पा दुईबाट एमालेको एकल उम्मेदवारमा सिफारिस

पाल्पा, भदौ २० गते । विद्यार्थी नेता एवं नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य  ठाकुरप्रसाद गैरे पाल्पा क्षेत्र

२२ हजारलाई एक अर्ब पाँच करोड रुपैयाँ

काठमाडौँ, ११ बैशाख । सामाजिक सुरक्षा योजनाअन्तर्गत सरकारले लगभग सात प्रतिशत अर्थात् एक अर्ब पाँच

एमाले सचिवालयको बैठकले महानगर र उपमहानगरका उम्मेदवार टुङ्ग्याउदै

काठमाडौँ, १० बैशाख । प्रमुख प्रतिपक्षी नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक बस्दै छ । पार्टी