साउन ९, काठमाडौँ : रूखबाट लड्दा धादिङ जिल्लाको त्रिपुरासुन्दरी–२, सल्यानटारका अञ्जन श्रेष्ठको मेरुदण्डमा चोट लाग्यो । त्यसपछि हिँडडुल नै बन्द भएका श्रेष्ठ दुई वर्षअघि धादिङमै शारीरिक पुनस्र्थापना केन्द्रले गरेको घुम्ती शिविरमा गए । त्यहाँ उनले मोबिलिटी ह्विलचेयर पाए ।

ह्विलचेयर पाएपछि उनको जीवन थोरै सहज भएको थियो तर केही महिनाअघि उनको ह्विलचेयर बिग्रियो । ह्विलचेयर मर्मत गर्न काठमाडौंसम्म आउन नसकेपछि उनले गर्ने सामान्य काम र हिँडडुलबाट समेत वञ्चित हुनुप¥यो । श्रेष्ठले अनुरोध गरेपछि उनका छिमेकी विश्वराज पाण्डे काठमाडौँंमा ह्विलचेयर लिन आएका छन् ।
ह्विलचेयर लिन वा बिग्रिँदा त्यो बनाउन काठमाडौं नै आउनुपर्ने बाध्यताले श्रेष्ठजस्तै धेरै अपाङ्गता भएका व्यक्ति पीडित छन् । गाउँगाउँका ह्विलचेयर प्रयोगकर्ताको ‘फ्लोअप’ दर निकै कम रहेको शारीरिक पुनस्र्थापना केन्द्र, भृकुटीमण्डपका प्रोस्थेटिस्ट तथा अर्थोटिस्ट रामबहादुर थापाले बताए । गोरखापत्र दैनिकमा खबर छ ।
भदौ १४, काठमाडौं । इन्जिनियरिङ अध्ययन संस्थान (आईओई)ले स्नातक तहमा वृद्धि गरेको शुल्क तत्काल कार्यान्वयन नगर्ने
२०८० जेठ २४, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले केन्द्रीय सदस्यसम्मको कार्यविभाजन गरेर अन्तर पार्टी
जेठ १४, काठमाडौं । भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री प्रचण्डले सुझावका लागि भनेर डाकेकाे वैठकमा
पाल्पा, भदौ २० गते । विद्यार्थी नेता एवं नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य ठाकुरप्रसाद गैरे पाल्पा क्षेत्र
काठमाडौँ, ११ बैशाख । सामाजिक सुरक्षा योजनाअन्तर्गत सरकारले लगभग सात प्रतिशत अर्थात् एक अर्ब पाँच
काठमाडौँ, १० बैशाख । प्रमुख प्रतिपक्षी नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक बस्दै छ । पार्टी