April 5, 2019

नेकपा एकता विवाद, नेपाल समूहको समानान्तर सूची सर्कुलरमा पठाउने तयारी

Prachanda-and-oli2019-02-15download

साबिक माओवादीसँगको भागबन्डामा एमालेले लिने भनिएका जिल्ला अध्यक्ष र सचिवहरूको सूची तयार गरेको नेपालनिकट एक नेताले बताए । स्रोतका अनुसार प्रचण्डसँगको सहमतिमा जिल्ला नेतृत्वको सूची अध्यक्ष ओलीले पनि बनाइसकेका छन् । त्यसलाई छिट्टै सर्कुलरमार्फत सार्वजनिक गर्ने ओलीको तयारी थाहा पाएपछि नेपाल आक्रोशित भएका थिए । त्यसपछि उनले निकट नेताहरूसँग परामर्श गरी वेग्लै नामावली तयार गरेको स्रोतले जनायो ।

गत ३० फागुनमा अध्यक्ष ओलीले प्रचण्डसहित नेपाल, झलनाथ खनाल र वामदेव गौतमसँग जिल्ला नेतृत्वको सूची टुंग्याउन परामर्श गरेका थिए । अध्यक्ष प्रचण्डले नेपाललाई पनि सँगै राखेर सूची अन्तिम टुंगो लगाउनुपर्ने प्रस्ताव गरेका थिए । ओलीले प्रचण्डको प्रस्ताव अस्वीकार गरेपछि त्यसयता ओली–नेपालबीच औपचारिक संवाद टुटेको छ । जवाफमा ओलीले नेपाललाई राख्ने हो भने छलफलमा नेता ईश्वर पोखरेललाई पनि समावेश गर्नुपर्ने बताएपछि जिल्ला नेतृत्वको सूचीमाथि सचिवालय बैठकमा छलफल गर्ने भन्दै प्रचण्ड, खनाल, नेपाल र गौतम बालुवाटारबाट बाहिरिएका थिए । याे समाचार शुराेजंग पाण्डेले नयाँ पत्रिकामा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

इन्जिनियरिङको शुल्क वृद्धि फिर्ता

भदौ १४, काठमाडौं । इन्जिनियरिङ अध्ययन संस्थान (आईओई)ले स्नातक तहमा वृद्धि गरेको शुल्क तत्काल कार्यान्वयन नगर्ने

एमालेको सचिवालय वैठकले केन्द्रिय नेताहरुलाई यस्तो जिम्मेवारी दियो

 २०८० जेठ २४, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले केन्द्रीय सदस्यसम्मको कार्यविभाजन गरेर अन्तर पार्टी

भारत भ्रमणमा प्रधानमन्त्री प्रचण्डलाई एमालेले दिएको ५ महत्त्वपूर्ण सुझावहरु यस्ता छन्

जेठ १४, काठमाडौं । भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री प्रचण्डले सुझावका लागि भनेर डाकेकाे वैठकमा

ठाकुर गैरे पाल्पा दुईबाट एमालेको एकल उम्मेदवारमा सिफारिस

पाल्पा, भदौ २० गते । विद्यार्थी नेता एवं नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य  ठाकुरप्रसाद गैरे पाल्पा क्षेत्र

२२ हजारलाई एक अर्ब पाँच करोड रुपैयाँ

काठमाडौँ, ११ बैशाख । सामाजिक सुरक्षा योजनाअन्तर्गत सरकारले लगभग सात प्रतिशत अर्थात् एक अर्ब पाँच

एमाले सचिवालयको बैठकले महानगर र उपमहानगरका उम्मेदवार टुङ्ग्याउदै

काठमाडौँ, १० बैशाख । प्रमुख प्रतिपक्षी नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक बस्दै छ । पार्टी