August 14, 2018

अायाे विप्लवकाे कडा विज्ञप्ति, जनताप्रति गरे कृतज्ञता

साउन,२९ काठमाडाैं,   विप्लव समुहकाे माअाेवादीले  नेता समातेकाे िनहुँ गरेर फाैजी अाक्रमणकाे शुरूवात गरेका छन् ।     िदनभर िविभन्न िवतन्डा  मच्चाउदै  अहीले वेलुकी विप्लवले एक विज्ञप्ति जारी गरी नेपाल बन्दलाई समर्थन गर्दै विज्ञप्ति जारी गर्ने विभिन्न राजनैतिक शक्ति, वामपन्थी–देशभक्त –प्रगतिशील शक्ति र जनताप्रति कृतज्ञता व्यक्त गरेका हुन् ।

विप्लवले आफ्नो पार्टीका स्थायी समिति सदस्य तथा प्रकाण्ड, पोलिटब्यूरो सदस्यहरु पदम राई, ओम पुन, कृष्ण धमला, मोहन कार्की, केन्द्रीय सदस्यहरु टेकबहादुर केसी, देवनारायण शाह लगायतका नेता–कार्यकर्ताहरुलाई केपी–पिके सरकारले विशुद्ध राजनीतिक आस्थाकै कारण पूर्वाग्रह साँधेर गिरफ्तार गरी अमानवीय यातना दिएको आरोप समेत लगाएका छन् ।

उनले त्यसैका विरुद्ध बाध्य भएर आन्दोलनका कार्यक्रम घोषणा गरिएको दाबी समेत गरेका छन् । यो गिरफ्तारीले सरकारको रबैया पुष्टि भएको दाबी गर्दै आफ्ना नेता–कार्यकर्ताहरुको गिरफ्तारीलाई लिएर अहिले चौतर्फी विरोध भैराखेको समेत विप्लवले जनाएका छन् । साथै उनले आफ्नो पार्टीले सुरु गरेको जनमुक्ति र राष्ट्रमुक्ति अभियानमा सबैको साथ र सहयोग रहने अपेक्षा गरेका छन् । biplab_xQMDMBAt5h

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

इन्जिनियरिङको शुल्क वृद्धि फिर्ता

भदौ १४, काठमाडौं । इन्जिनियरिङ अध्ययन संस्थान (आईओई)ले स्नातक तहमा वृद्धि गरेको शुल्क तत्काल कार्यान्वयन नगर्ने

एमालेको सचिवालय वैठकले केन्द्रिय नेताहरुलाई यस्तो जिम्मेवारी दियो

 २०८० जेठ २४, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले केन्द्रीय सदस्यसम्मको कार्यविभाजन गरेर अन्तर पार्टी

भारत भ्रमणमा प्रधानमन्त्री प्रचण्डलाई एमालेले दिएको ५ महत्त्वपूर्ण सुझावहरु यस्ता छन्

जेठ १४, काठमाडौं । भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री प्रचण्डले सुझावका लागि भनेर डाकेकाे वैठकमा

ठाकुर गैरे पाल्पा दुईबाट एमालेको एकल उम्मेदवारमा सिफारिस

पाल्पा, भदौ २० गते । विद्यार्थी नेता एवं नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य  ठाकुरप्रसाद गैरे पाल्पा क्षेत्र

२२ हजारलाई एक अर्ब पाँच करोड रुपैयाँ

काठमाडौँ, ११ बैशाख । सामाजिक सुरक्षा योजनाअन्तर्गत सरकारले लगभग सात प्रतिशत अर्थात् एक अर्ब पाँच

एमाले सचिवालयको बैठकले महानगर र उपमहानगरका उम्मेदवार टुङ्ग्याउदै

काठमाडौँ, १० बैशाख । प्रमुख प्रतिपक्षी नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक बस्दै छ । पार्टी