काठमाडौं, ५ कात्तिक । एमाले अध्यक्ष केपी शर्मा ओलीले बोलेजस्तै गुन्डा नाइकेलाई प्रदेश र प्रतिनिधि सभामा उम्मेदवार नबनाउने निर्णय एमालेले गुन्डा नाइके दिपक मनाङेको हकमा लिएको छ ।
मनाङ ‘ख’का लागि प्रदेश सभा उम्मेदवारमा सिफारिस परेका दिपक मनाङेको नाम काटेर खण्डा लामा गुरूङलाई उम्मेदवार तय गरेको छ । गुरूङ मनाङेसँगै राप्रपाबाट एमालेमा प्रवेश गरेकी थिइन् ।
एमाले स्थायी कमिटिले शनिबार राती मनाङेको विकल्पमा उम्मेदवार तय गरेको थियो । जिल्लाबाट सर्वसम्मत रूपमा आए पनि र जित्ने निश्चित हुँदा हुँदै पनि एक सिटका कारण देशभर एमालेको बद्नाम हुने भन्दै शीर्ष नेताहरूले दीपक मनाङेलाई टिकट नदिने निर्णय गरेको हो ।
यता, मनाङे भने एमालेको बागी उम्मेदवार भएर चुनावको तयारीमा रहेका छन् । मनाङेले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् ।
काठमाडौं, साउन २१, २०८२ । सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने उद्देश्यले राष्ट्रिय श्रम आप्रवासन नीति–२०८२
काठमाडौँ, साउन २१ ।सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले कृत्रिम बौद्धिकता (एआई) को विकासमा नेपाल
साउन २०, २०८२ | तीनकुनेमा गत चैत १५ गते आयोजित राजावादी प्रदर्शनमा संलग्न रहेको आरोपमा पुर्पक्षका
रुपन्देही, साउन १९ ।शान्ति र आध्यात्मिकताको प्रतीक बुद्ध जन्मस्थल लुम्बिनीको व्यवस्थापनका लागि गठित लुम्बिनी विकास
सिड्नी, साउन १९ गते। अस्ट्रेलियाली प्रहरीले एक चिनियाँ नागरिकविरुद्ध विदेशी सरकारको पक्षमा जासुसी गरेको आरोपमा
काठमाडौं, साउन १६ गते। आजको रात बागमती प्रदेशका पहाडी भेगमा भारी वर्षाको चेतावनी दिइएको छ।