१२ असार , डडेल्धुरा । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका केन्द्रिय सभापति शेरबहादुर देउवाले गाउँ र नगरको विकासका लागि स्थानीय तहको निर्वाचन अत्यन्त महत्वपूर्ण चुनाव भएको बताएका छन् ।
नेपाली कांग्रेस अगरगढी नगर समितीले आज डडेल्धुरा सदरमुकाममा आयोजना गरेका चुवावी सभालाई सम्बोधन गदैँ प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचन नेपालको राजनीति मात्रै नभई आफ्नो गाउँ र नगरको विकास भएको बताएका हुन् ।
काठमाण्डौबाट मात्रै गाउँको विकास हुदैन् भनेर स्थानीय तहको चुनावमा अहिले अधिकार बढी भएको बताउँदै देउवाले स्थनीय तह, प्रान्त र केन्द्रिय चुनाव भएपछि मात्रै संविधानको कार्यान्वयन र लोकप्रिय हुने बताए ।
उनले भने–‘आफ्नो गृह जिल्लाको विकासका लागि आफु सधैव लागि रहने छु ।’ उनले कांग्रेसबाट उठेका सम्पुर्ण उम्मेदवार लाई मतदान गरेर जिताउन समेत आग्रह गरे । कांग्रेसले जिते मात्रै यो जिल्लाका सबै समस्या समाधान हुने दाबी गरे ।
प्रधानमन्त्री देउवाले एमाले सरकारले लिएको वृद भत्ताको अवधारणलाई आफु नेतृत्वको सरकारले बजेट ल्याए दोब्बर गर्ने उनले दाबी गरे । उनले भने–‘मेरो नेतृत्वको सरकारले बजेट ल्याउन पाए म वृद्ध भत्ता दोब्बर गर्छ, गर्छ, गर्छ । ’
देउवाले जिल्लामा धेरै योग्य उम्मेदवार भएकोमा उम्मेदवार एउटा मात्र बन्न सक्ने र टिकट एउटैलाई मात्रै दिन सकिने हँुदा रुष्ट नुहुन आफ्ना कार्यकर्तालाई आग्रह गरे । टिकट वितरणमा देउवाको गृह जिल्लामा तिब्र विवाद भएको थिए । उनले हरेक कार्यकर्ताको उच्च मुल्याङ्कन हुने र सबैलाई उच्च स्थान दिने समेत आश्वासन दिए ।
चुनावी सभामा कांग्रेसका केन्द्रीय सदस्य तथा संसद डा.आरजु राणा देउवा, नेवि संघ सभापति नैन सिंह महरले पनि सम्बोधन गरेका थिए ।
आफ्नो गृह जिल्लाको सदरमुकाम बागबजार डडेल्धुरा पुगेका देउवा प्रदेश नम्बर सातको भ्रमणका लागी आएकोमा आइतबार बिहान मात्र गृह जिल्ला पुगेका हुन् ।
प्रधानमन्त्री देउवाले शनिबार जिल्लाको भित्री मधेस क्षेत्रमा नेपाली कांग्रेसले आयोजना गरेका चुनावी सभालाई सम्बोधन गरेका थिए । १२ र १३ गते जिल्ला सदरमुकाममा देउवाले कार्यकर्ता संग भेटघाट गर्ने कार्यक्रम रहेको काग्रेस जिल्ला कार्य समिती डडेल्धुराले जनाइएको छ ।
प्रधानमन्त्री देउवा स्थानीय तहको निर्वाचनमा मतदान गरेर मात्रै राजधानी फर्कने भएका छन्। । निर्वाचनमा जिलल्लाको गन्यापधुरा गाउँपालिका वडा नम्बर १ असिग्राम माविको मतदान केन्द्रमा प्रधानमन्त्री देउवाले मतदान गरेर मात्रै काठमाण्डौं जाने भएका हुन ।
साविकको असिग्राम गाविस वडा नम्बर ६ रुवाखोलाका स्थायी बासिन्दा देउवा सपरिवार मतदानकै लागि डडेलल्धुरा आएका हुन । गृह जिल्लाको सदरमुकाम पुगेका देउवालाई कांग्रेस कायकर्ताले बाजा गाजा सहित भव्य स्वागत गरेका थिए ।
११ जेठ, कालिकोट कालिकोटका औपचारिक तथा अनौपचारिक क्षेत्रका श्रमिकहरुले स्थानीय सरकार तहबाटै श्रमिक सूचीकरण गरी
फाइल फोटो जेष्ठ ११, काठमाडौं- वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो आज देखाईंदैछ
जेष्ठ १० ,काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अल्पसङ्ख्यक सीमान्तकृत समुदायको पहिचान र अधिकारका लागि
आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम जेठ ७,काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी
जेष्ठ ७,काठमाडौं। नेपाल आयल निगमका प्रमुख कार्यकारी निर्देशक उमेश थानीले भ्रष्ट कर्मचारीलाई काखी च्यापेर
जेठ ०५, बारा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक ग्राभेलको योजनामा भ्रष्टाचार गरेको आरोपमा बाराको