गोर्खाल्याण्ड आन्दोलनबारे मुख खोले भट्टराईले

८ असार  , काठमाडौं । नयाँ शक्ति पार्टी, नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले दार्जिलिङमा भइरहेको गोर्खाल्याण्ड आन्दोलन जायज भएको बताएका छन् । बिहीबार सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै संयोजक भट्टराईले गोर्खाल्याण्ड आन्दोलन जायज भएको बताएका हुन् । 

उनले ट्विटरमा लेखेका छन्, ‘राज्यले अरू देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्नु हुँदैन तर नागरिकहरूले जायज नागरिक मुद्दाहरूमा बोल्न मिल्छ,मधेस र गोर्खाल्याण्ड दुवै जायज हुन् ।’

उनले त्यहाँको आन्दोनल भारतको आन्तरिक मामिला भए पनि नागरिकको जायज मुद्दाहरुमा बोल्न मिल्ने बताए । नेपालको मधेस आन्दोलनसँग दार्जिलिङको गोरखाल्याण्डको आन्दोलनसँग जोड्दै उनले दुवै आन्दोलन ठीक भएको बताए ।

गएको हप्तादेखि दार्जिलिङ एकदमै तात्तिएको छ । ममता बेनर्जीको सरकारले बंगाली भाषालाई वेस्ट बंगालभरीका सम्पूर्ण विद्यालयमा अनिवार्य बनाउनुपर्छ भन्ने निर्णय गरेपछि आन्दोलन चर्किएको हो ।

हालको घटना भनेको गोर्खा जनमूक्ति मोर्चाले वेस्ट बंगाल सरकारविरुद्ध चर्काएको आन्दोलनको हो । गोर्खाहरुको उक्त माग र संघर्ष ७० वर्ष पुरानो हो र यसको पछाडि एउटा वर्ण, भाषा र संस्कृतिगत विविधताको इतिहास लुकेको छ ।

वेस्ट बंगालका धेरै क्षेत्रहरुमा बंगाली भाषा वृहतमात्रामा बोलिने भएपनि त्यस राज्यको उत्तरी पहाडी क्षेत्रहरु दार्जिलिङ, कुर्साङ र कालेङपुङजस्ता क्षेत्रहरुमा नेपाली भाषीको बाहुल्यता छ जसलाई बंगाली सरकारको भाषाले सधै समस्यामा पार्ने गरेको छ ।

यसबारे मोर्चाले नेपाली भाषालाई पनि हिन्दी या अन्य कुनै भाषाको सट्टामा पहिचान दिनुपर्ने माग राखेको थियो तर त्यो बंगाली सरकारको आवश्यकता विपरीत बनिदियो ।

बंगालीहरुबाट वर्णमा मात्र फरक नभएर संस्कृतिमा पनि फरक भएका गोर्खालीहरुलाई सरकारको उक्त निर्णयले घाउमाथि नुनचुक दल्ने काम गरिरहेको देखिन्छ जसले उनीहरुलाई सधै बाह्य नागरिकको मात्र संज्ञा नदिएर हिनताभाव पनि विकास गराइदिएका छन् ।

सन् २००८ मा स्थानीय युवा प्रशान्त तामाङलाई इन्डियन आइडल बनाउने सार्वजनिक अभियान राजनीतिक मुद्दामा परिवर्तन हुँदा उत्तर पहाडी क्षेत्रका मानिसहरु सिमान्तकृत वर्गमा परेको स्पष्ट हुन्छ ।

त्यसै समय दिल्लीको एउटा एफएमले प्रशान्त तामाङलाई चौकीदार भनि व्यंग्य गरेपछि उनका फ्यान क्लबहरु गोर्खा जनमूक्ति मोर्चाको अफिसमा परिणत भएका थिए र पार्टीको सदस्य संख्या पनि त्यस समय बढेको थियो ।

दार्जिलिङमा विगत एक हप्तादेखि गोरखाल्याण्डको माग गर्दै भइरहेको आन्दोलनमा समर्थन जनाउने भट्टराई पहिलो नेपाली नेता हुन् । यसअघि कुनै पनि नेताले त्यहाँको विषयमा बोलेका छैनन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

निडर भई मजदुर आन्दोलन लाग्न आव्हान–जिफन्ट

११ जेठ, कालिकोट कालिकोटका औपचारिक तथा अनौपचारिक क्षेत्रका श्रमिकहरुले स्थानीय सरकार तहबाटै श्रमिक सूचीकरण गरी

आज भोटो देखाउने जात्रा: उपत्यकामा सार्वजनिक विदा

फाइल फोटो   जेष्ठ ११, काठमाडौं- वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो आज देखाईंदैछ

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान सत्तास्वार्थका लागि गरिएको लज्जास्पद नाटक:शंकर  पोखरेल

जेठ १०,काठमाडौं । नेकपा एमाले महासचिव शंखर पोखरेलले नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले गरेको अनुसन्धान

सीमान्तकृतको अधिकारका लागि सरकार दृढ छ: प्रचण्ड

 जेष्ठ १० ,काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अल्पसङ्ख्यक सीमान्तकृत समुदायको पहिचान र अधिकारका लागि

सरकारको नीति तथा कार्यक्रममा के छ? (पूर्णपाठ)

आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम    जेठ  ७,काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी

आयल निगममा सिनियर हुँदा हुँदै जुनियर भ्रष्ट’लाई प्रशासनको जिम्मा 

जेष्ठ ७,काठमाडौं।   नेपाल आयल निगमका प्रमुख कार्यकारी निर्देशक उमेश थानीले भ्रष्ट कर्मचारीलाई काखी च्यापेर