अवार्ड कार्यक्रममै प्रियंका–आयुष्मानको चुम्बन

Capture-136

४ असार , काठमाडौ – यसवर्ष उत्कृष्ट नवअभिनेता, नवअभिनेत्रीको अवार्ड क्रमश: ‘चपली हाइट २’बाट आयुष्मान देशराज श्रेष्ठ जोशी र सृष्टि श्रेष्ठले ‘गाजलु’बाट जिते । सृष्टि पनि अवार्ड समारोहमा अनुपस्थित रहिन् । बरु पछिल्लो समय प्रेम सम्बन्धमा रहेका आयुष्मान र प्रियंकाका लागि अवार्ड समारोह मिडियाको ध्यान तान्ने राम्रै खुराक बनिदियो ।

आमासँगै अवार्ड समारोहमा आएकी प्रियंकासँगै आयुष्मान पनि भाइ आशिरमान र आमा रवीनासँगै एकै पंक्तिमा बसेका थिए । नवअभिनेतामा आयुष्मानको नाम सम्बोधन हुनेबित्तिकै आयुष्मान–प्रियंकाको जोडीले खुलेर माया दर्शाए ।

अवार्ड थापेपछि स्टेजबाटै उनले भाइ, आमालाई मात्रै सम्झिएनन्, मेरो गर्लफ्रेन्ड र ममी भन्दै प्रियंका र उनकी आमालाई पनि सम्बोधन गर्दा प्रियंका दंग थिइन् । त्यसपछि अवार्ड लिएर आएका आयुष्मानले अंकमाल गर्न आएकी प्रियंकालाई जुरुक्कै उचालेर ओंठमा चुम्न भ्याए । चुम्माचाटीको उक्त सिलसिला प्रियंकाले अभिनेत्रीको अवार्ड पाउँदा पनि दोहोरियो ।

फिल्म ‘पुरानो डुंगा’ले पटकथाका लागि रामबाबु गुरुङ र उपेन्द्र सुब्बालाई अवार्ड जिताउँदा सोही फिल्मबाट माओत्से गुरुङ र मेनुका प्रधानले पनि सहअभिनेता र सहअभिनेत्रीको अवार्ड हात पारे । उक्त अवार्डका लागि पनि दुवै अनुपस्थित रहे ।

त्यसबाहेक ‘पुरानो डुंगा’बाटै शैलेन्द्रध्वज कार्कीले छायांकार र कालीप्रसाद बास्कोटाले ‘नीर जहिले रिसाउने…’गीतका लागि उत्कृष्ट संगीतकारको अवार्ड जिते । कालीप्रसादले अवार्ड थापेपछि सोही गीतको दुई पंक्ति गाएर सुनाउँदा दर्शकदीर्घाबाट तालीको साथ पाएका थिए ।
‘जात्रा’बाट उत्कृष्ट सम्पादनमा मित्र गुरुङ र पुन:ध्वनी मुद्रणका लागि मनोजराज भण्डारी

भाग्यमानी ठहरिए । रोशन श्रेष्ठले ‘किंग’बाट द्वन्द्व निर्देशनको अवार्ड थाप्दा पार्श्व संगीतको अवार्ड भने ‘चपली हाइट २’का लागि इमानविक्रम शाहका नाममा रह्यो । अवार्डमा ‘लुट २’को ‘ठमेल बजार…’गीतले पार्श्व गायन र नृत्य निर्देशक दुवैमा क्रमश: मीना निरौला र विक्रम स्वाँरको पल्ला भारी बनाईदियो ।

सांगीतिक माहौलमा सम्पन्न एनएफडीसी अवार्डको जुरी अवार्ड फिल्म ‘डाइङ क्यान्डल’लाई दिइयो भने यसवर्षको पत्रकारिता पुरस्कार कान्तिपुरकर्मी सुशील पौडेललाई दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मदन भण्डारीको जन्मजयन्तीमा प्रतियोगिता हुने , प्रथम हुनेलाई ५० हजार पुरस्कार

 असार ८ काठमाडौं ।  जननेता मदन भण्डारीको जन्मजयन्तीको अवसरमा प्रेस चौतारी नेपालले टिकटक प्रतियोगिता आयोजना गरेको