काठमाडौं । केरा खाएर यता उता बोक्रा फाल्ने तपाईको बानी छ भने त्यसलाई बदल्नुहोस । किनभने केराको बोक्रामा भरपूर मात्रामा पोषक तत्व र कार्बोहाइड्रेट हुन्छ ।यसमा भिटामिन बी६, भिटामिन बी १२, म्याग्नेसियम, कार्बोहाइड्रेट, एन्टी अक्सिडेन्ट जस्ता पोषक तत्वहरु हुन्छन् जुन मेटाबोलिजमको लागि धेरै नै उपयोगी हुन्छन् ।त्यसै गरि मानिस खुसी रहनको लागि सेरोटोन हार्मोन जिम्मेवार हुन्छन् । चीनमा भएको एक शोधको अनुसार केराको बोक्रामा यो हार्मोनलाई सामान्य स्तरमा राखिराख्ने गुण पनि रहेको हुन्छ ।
विशेषज्ञका अनुसार केराको बोक्रालाई पिसेर त्यसको पेस्ट दुखेको ठाँउमा १५ मिनेटसम्म लगाएर राख्नाले टाउको दुखेको निको हुन्छ । रगतको धमनीमा पैदा हुने तनावको कारण टाउको दुख्ने गर्छ यस्तोमा केराको बोक्रामा रहेको म्याग्नेशियम धमनीहरुमा गएर टाउकोको दुखाई रोक्नको लागि सहायक सिद्ध हुन्छ ।केराको बोक्रालाई दिनको दुईपटक दाँतमा रगड्नाले त्यसमा चमक आँउछ किनभने त्यसमा रहेको पोटेसियम, म्याग्नेसियम र म्यागनिजले दाँतमा जमेको पँहेलोपन हटाउनको लागि मद्धत गर्छ । दिनमा दुई पटक केराको बोक्राले दाँत रगड्नाले केही दिन मै तपाईको दाँतमा चामत्कारिक चमक देखिन थाल्छ ।केराको बोक्रालाई दिनको दुईपटक दाँतमा रगड्नाले त्यसमा चमक आँउछ किनभने त्यसमा रहेको पोटेसियम, म्याग्नेसियम र म्यागनिजले दाँतमा जमेको पँहेलोपन हटाउनको लागि मद्धत गर्छ । दिनमा दुई पटक केराको बोक्राले दाँत रगड्नाले केही दिन मै तपाईको दाँतमा चामत्कारिक चमक देखिन थाल्छ ।खुट्टामा वा हातमा आउने मुसामा केराको बोक्रा दलेर रातभर यत्तिकै छोडिदिनाले फेरि त्यही ठाँउमा मुसा निस्कदैन् । त्यस्तै डन्डीफोरमा केराको बोक्रालाई मिचेर पाँच मिनेट सम्म लगाउनाले तपाईले डन्डीफोरको समस्याबाट छुटकारा पाउनुहुन्छ ।केराको बोक्राले छालामा पानीको कमी पुरा गरिदिन्छ । अण्डाको पहेँलो भागमा केराको बोक्रा पिसेर मिलाएर अनुहारमा लगाउनुहोस यसले अनुहारको चाँया हराँउछ ।
जेठ १६, काठमाण्डौ । नेपालका अधिकांश स्थानहरुमा आप्mनो व्यवसाय विस्तार गर्न सफल रहेको इन्टरनेट सेवा
११ जेठ, कालिकोट कालिकोटका औपचारिक तथा अनौपचारिक क्षेत्रका श्रमिकहरुले स्थानीय सरकार तहबाटै श्रमिक सूचीकरण गरी
फाइल फोटो जेष्ठ ११, काठमाडौं- वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो आज देखाईंदैछ
जेष्ठ १० ,काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अल्पसङ्ख्यक सीमान्तकृत समुदायको पहिचान र अधिकारका लागि
आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम जेठ ७,काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी
जेष्ठ ७,काठमाडौं। नेपाल आयल निगमका प्रमुख कार्यकारी निर्देशक उमेश थानीले भ्रष्ट कर्मचारीलाई काखी च्यापेर