मन्त्री बनाउने र रोक्ने के हो त्यो माओवादी सूत्र ?

maoist-meeting-1024x552

काठमाडौं, जेठ १६ – नाटकीय खेल केही भएन भने आगामी साताभित्र काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनिसक्नेछन् । काँग्रेस र माओवादीका तर्फबाट देउवा प्रधानमन्त्रीका एक मात्र उम्मेदवार भएपनि मन्त्रीमा को–को आउने भन्ने कसैको सुनिश्चता भएको छैन । यद्यपि दुवै पार्टीभित्र नेताहरुले भने आफ्नो–आफ्नो तरिकाले मन्त्री बन्ने दौड शुरु गरिसकेका छन् ।

तर, माओवादीभित्र एउटा ‘सूत्र’ ले केही नेतालाई उत्साही र केहीलाई चिन्तित बनाएको छ । ‘सूत्र’ यस्तो छ, जुन लागु भयो भने धेरै नेतालाई मन्त्री हुने बाटो एकै पटक बन्द हुनेछ । ‘सूत्र’ लागु नभए चाहीँ मन्त्री हुने ढोका चाहीँ खुलै रहनेछ । यही कारण यो ‘सूत्र’ लाई लिएर माओवादी नेताहरु बन्द कोठाभित्र छलफल गर्न थालेका छन् ।

आखिर के हो त यस्तो ‘सूत्र’ ?

जतिबेला माओवादीको सर्मथनमा एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकार बनेको थियो । त्यसबेला उपप्रधान तथा उर्जा मन्त्रीसहित टोपबहादुर रायमाझीले माओवादी तर्फबाट सरकारको नेतृत्व गरेका थिए । ओली सरकारका पाला रायमाझीबाहेक माओवादीका तर्फबाट गिरिराजमणि पोखरेल, अग्नि सापकोटा, शक्ति बस्नेत, रेखा शर्मालगायतका नेताहरु मन्त्री भएका थिए । त्यसबेला सरकारमा रहेका मन्त्रीहरु एमाले–माओवादी गठबन्धन कायम राख्नुपर्छ भन्नेमा थिए ।
जब, एमाले–माओवादी गठबन्धन भत्कियो र काँग्रेस माओवादी गठबन्धन बन्यो । त्यसैका आधारमा प्रचण्ड नेतृत्वको सरकार गठन भयो ।

प्रचण्ड नेतृत्वको सरकार गठनलगत्तै माओवादीभित्र मन्त्री को हुने भन्नेमा ‘महाभारत’ भयो । धेरै दावेदारीकाबीच विवादले चरम रुप लिएपछि माओवादीले नयाँ ‘सूत्र’ खोज्यो र मन्त्री छान्यो । त्यो ‘सूत्र’ थियो, ‘अघिल्लो अर्थात् ओली सरकारका पाला मन्त्री भएका नेताहरुलाई प्रचण्ड सरकारका पाला नदोहोराउने ।’

यो अचूक ‘सूत्र’ ले एकै पटक धेरै दावेदार बाहिरिए र माओवादीले ओली सरकारमा सहभागी नभएका नयाँ अनुहारलाई मन्त्री बनायो ।

अहिले प्रचण्डले राजीनामा गरेर काङ्ग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठनको कसरत शुरु भएको छ । योसँगै माओवादीभित्र देउवा सरकारमा मन्त्री हुने चाहनेहरुको दौड शुरु भएको छ । यही बेला माओवादीभित्र फेरि उठेको छ, त्यही पुरानो सूत्रको बहस ।

ओली सरकारका पाला मन्त्री भएका माओवादी नेताहरु नदोहोराउने सूत्रको पक्षमा छन् । तर, अहिले प्रचण्ड सरकारमा मन्त्री रहेका नेताहरु सूत्र पुरानो भएको र काम गर्न सक्ने क्षमताका आधारमा मन्त्री बनाउनुपर्ने पक्षमा छन् । यदि सूत्र लागु भयो भने कृष्णबहादुर महरा, जनार्दन शर्मा, अजयशंकर नायक, दलजीत श्रीपाली, धनीराम पौडेल र गौरीशंकर चौधरी मन्त्री हुने सम्भावना कम हुनेछ । सूत्रले काम गरे ओली सरकारका पाला मन्त्री भएका नेताहरुको पल्ला भारी हुनेछ ।

तर, अहिलेसम्म भावी मन्त्रीपरिषद्मा पठाउने नेताका विषयमा माओवादीभित्र औपचारिक छलफल भएको छैन । सहमतिय सरकार बनाउने राष्ट्रपतिले दिएको समय सकिएपछि यो विषयले प्रवेश पाउन सक्ने माओवादीका एक नेताले बताए ।

ओली सरकारका पाला बन मन्त्री रहेका माओवादी नेता अग्नि सापकोटाले नयाँ मन्त्रीपरिषद्मा पठाउने नेताको विषयमा पार्टीभित्र छलफल शुरु नभएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

इन्टरनेट सेवा प्रदायक कम्पनीहरुमध्येमा वल्डलिंक उत्कृष्ट

जेठ १६, काठमाण्डौ । नेपालका अधिकांश स्थानहरुमा आप्mनो व्यवसाय विस्तार गर्न सफल रहेको इन्टरनेट सेवा

निडर भई मजदुर आन्दोलन लाग्न आव्हान–जिफन्ट

११ जेठ, कालिकोट कालिकोटका औपचारिक तथा अनौपचारिक क्षेत्रका श्रमिकहरुले स्थानीय सरकार तहबाटै श्रमिक सूचीकरण गरी

आज भोटो देखाउने जात्रा: उपत्यकामा सार्वजनिक विदा

फाइल फोटो   जेष्ठ ११, काठमाडौं- वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो आज देखाईंदैछ

सीमान्तकृतको अधिकारका लागि सरकार दृढ छ: प्रचण्ड

 जेष्ठ १० ,काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अल्पसङ्ख्यक सीमान्तकृत समुदायको पहिचान र अधिकारका लागि

सरकारको नीति तथा कार्यक्रममा के छ? (पूर्णपाठ)

आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम    जेठ  ७,काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी

आयल निगममा सिनियर हुँदा हुँदै जुनियर भ्रष्ट’लाई प्रशासनको जिम्मा 

जेष्ठ ७,काठमाडौं।   नेपाल आयल निगमका प्रमुख कार्यकारी निर्देशक उमेश थानीले भ्रष्ट कर्मचारीलाई काखी च्यापेर