माओवादीले चुनाव सार्न खोज्दैछ

pradeep-gyawali-2-768x458२६ चैत, काठमाडौं । नेकपा एमालेले स्थानीय चुनाव कात्तिकमा सार्न प्रस्ताव गरेको माओवादी नेता वर्षमान पुनको भनाइप्रति एमाले सचिव प्रदीप ज्ञवालीले आपत्ति जनाएका छन् ।

एमाले आगामी बैशाख ३१ मै चुनाव हुनुपर्छ भन्ने पक्षमा रहेको बताउँदै ज्ञवालीले अनलाइनखबरसँग भने- ‘एमालेले चुनाव सार्न प्रस्ताव गर्‍यो भन्ने वर्षमानजीको भनाइ सरासर झूठ कुृरा हो, यस्तो भ्रामक कुरा गरेर आफ्नो राजनीतिक स्तर नघटाउन म उहाँलाई सुझाव दिन्छु ।’

एमालेले चुनाव सार्न नचाहेको तर माओवादीले नै अनेक बाहाना बनाएर सार्न खोजिरहेको ज्ञवालीले बताए । उनले भने- ‘एमाले चुनाब हुनैपर्ने पक्षमा छ, तर सत्तारुढ पार्टीले नै विभिन्न बाहाना बनाएर बैशाख ३१ को चुनाव पछि धकेल्ने षडयन्त्र गरिरहेको छ ।’

माओवादी नेता वर्षमान पुनले शुक्रबार बुटवलमा प्रेस सेन्टरले आयोजना गरेको कार्यक्रममा बोल्दै एमालेले चुनाव कात्तिकमा सार्न प्रस्ताव गरेको बताएका थिए । चुनाव सारिए सरकारमा आउने एमालेले प्रस्ताव राखेको पुनले बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शुभारम्भ भएको चार वर्षमै सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने श्रमिकहरुको संख्या ४ लाख नाघ्यो

९ चैत,काठमाडौं । सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने योगदानकर्ताको सङ्ख्या चार लाख नाघेको छ ।

सरकारमा सम्मानजनक सहभागिता गराउन लोसपाको माग

९ चैत,काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले सत्ता गठबन्धनका दलहरुलाई सरकारमा सम्मानजनक सहभागिता गराउन

नेपालको सार्वजनिक ऋण २० खर्ब ८० अर्ब रुपैयाँ : फागुनमा मात्रै १० अर्ब रूपैयाँ ऋण

९ चैत,काठमाडौं। नेपालको सार्वजनिक ऋण २० खर्ब ८० अर्ब रूपैयाँ पुगेको छ। फागुनमा मात्रै १०

स्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गर्ने प्रधानमन्त्री दाहालको घोषणा

९ चैत,काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले पत्रकार र सबै प्रकारका सञ्चार माध्यमहरुको पेशागत तथा भौतिक

मानहानि मुद्दामा राहुल गान्धीलाई दुई वर्षको जेल सजाय

काठमाडौं । सुरतको तल्लो अदालतले आपराधिक मानहानि मुद्दामा कांग्रेस नेता राहुल गान्धीलाई दुई वर्षको जेल

एमाले बलियो प्रतिपक्षीका रूपमा उभिएको छ : महासचिव पोखरेल

९ चैत,काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले एमाले बलियो प्रतिपक्षीका रूपमा उभिएकाले पार्टी सङ्गठन